Patrocinados

कवीन्द्र दाइको ‘मेरो देश, प्रेमको देश’ कविता यात्रा

0
6K

विश्वलाई प्रेम र मातृभूमिको सन्देश

अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आउनुभएका कवि तथा पत्रकार कवीन्द्र सिटौला ‘मेरो देश, प्रेमको देश’ को भाव बोकेर विश्व यात्रा प्रारम्भ गर्दै हुनुहुन्छ। हरिशयनी एकादशीको पावन दिन, नोभेम्बर १२ बाट उहाँले यस यात्रा सुरुवात गर्नुभएको हो। नेपालको जनआन्दोलन २०४६ मा तीनधारा छात्राबासछेउमा घटेको ऐतिहासिक घटनाका जिउँदा साक्षी कवीन्द्र दाइ अध्यात्मका अन्वेषक र साधक पनि हुनुहुन्छ। उहाँ लगातार विभिन्न सिद्ध साधु र तत्वदर्शी सद्गुरुहरूको सत्सङ्गमा रहेर आफूलाई तिखारिरहनुभएको छ।

प्रेम र मातृभूमि फर्कनको सन्देश

कवीन्द्र दाइको यो यात्रा अमेरिकाका विभिन्न राज्य, क्यानडा हुँदै क्रमशः युरोप, एसिया, र अस्ट्रेलियासम्म हुनेछ। उहाँको सन्देश सबै नेपालीलाई, चाहे जहाँ भए पनि, भावनाले मातृभूमिमा जोडिनु हो। उहाँको विचारमा हामीले जहाँ भए पनि आफ्नो कमाइको एक अंश मातृभूमिको सेवा र विकासमा लगाउनुपर्छ, जसरी आफन्त र देशको लागि योगदान गरिन्छ।

प्रेमको कविता र १० लाखको लक्ष्य

यस यात्रामा उहाँले नेपालीका घरघरमा पुगेर कविता वाचन गर्ने र आफ्नो प्रकाशित कविता कृति उपहार दिने योजना बनाउनुभएको छ। साथै, उहाँले यात्रामा भेटिएका सबै व्यक्तिहरूलाई ‘प्रेम के हो र यो केका लागि हो’ शीर्षकमा चार हरफको कविता लेख्न आह्वान गर्नुहुनेछ। उहाँको लक्ष्य १० लाख कविताहरू संकलन गर्ने रहेको छ, जसलाई संसारकै ठूलो कवितासङ्ग्रहको रूपमा पुस्तौं पुस्ताले पढ्न र गर्वले हेर्न सकून् भन्ने उहाँको आकाङ्क्षा छ। यस कवितासङ्ग्रहमा पुर्खाका हस्ताक्षर र औंठाछाप पनि समाहित हुनेछन्।

शुभकामना र प्रार्थना

यात्राको पूर्वसन्ध्यामा कवीन्द्र दाइले मलाई साथी सम्झेर निवासमा आएर शुभकामनाका लागि आग्रह गर्नुभयो। उमेरमा मभन्दा दाजु पर्ने कवीन्द्र दाइलाई मैले प्रेम, शुभकामना र सफलताको प्रार्थना दिएँ। साथमा कवि मित्र नीलकण्ठ सुवेदी पनि हुनुहुन्थ्यो, हामी दुवैले उहाँलाई सम्पूर्ण माया र सम्मानले बिदा गर्यौँ।

प्रेम र चिनोको आह्वान

यदि तपाईंले कवीन्द्र दाइलाई भेट्नुभयो भने उहाँलाई प्रेम र तपाईंको कविता दिनुहोला। आफ्नो हस्ताक्षर र औंलाको छाप त्यस कवितामा राखेर तपाईंका सन्ततिका लागि अमूल्य चिनो दिनुहोला, ताकि उनीहरूले भविष्यमा तपाईंको प्रेम र योगदानलाई गर्वले सम्झन सकून्। 🙏

लेखक: शिव लामिछाने

 

Kavindra Dai’s Poetry Journey: "My Country, Land of Love"

A Message of Love and Homeland to the World

Kavindra Sitoula, a poet and journalist residing in Virginia, USA, embarks on a world tour with a heartfelt message, "My Country, Land of Love." He began this journey on the auspicious day of Harishayani Ekadashi, November 12. Kavindra Dai, a living witness to Nepal’s historic 1990 People's Movement, is also a devoted spiritual seeker who has honed his wisdom through the continuous guidance of enlightened masters and sages.

Spreading the Message of Love and Returning to the Homeland

Kavindra Dai’s journey will take him through various states in the USA, then to Canada, and gradually across Europe, Asia, and Australia. His message to all Nepalis, regardless of where they reside, is to remain emotionally connected to the homeland. He believes that wherever we may live, dedicating a portion of our earnings to support those in need in Nepal is one way of honoring our roots and serving our country.

A Poetic Mission with a Goal of One Million Verses

Throughout this journey, Kavindra Dai plans to visit Nepali households, recite poetry, and present his published works as gifts. Moreover, he invites everyone he meets to contribute to a collective poem titled, "What is Love, and What Is It For?" Each person is asked to contribute four lines on this theme. His goal is to gather one million verses, which he envisions compiling into the world’s largest poetry collection. This compilation, with signatures and imprints from ancestors, will be a treasure for future generations.

Wishing Success and Sending Prayers

On the eve of his journey, Kavindra Dai visited me at my home, seeking blessings for a successful mission. Being older than me, I offered my heartfelt wishes, love, and prayers for his vision to be fulfilled. My poet friend, Nilkantha Subedi, was also present, and together, we showered him with love and blessings.

A Call to Spread Love and Leave a Legacy

If you meet Kavindra Dai on his journey, please offer him your love and contribute a poem. Leave your signature and imprint on this poetry collection as a cherished keepsake for future generations, so they may remember your love and dedication with pride. 🙏

Written by Shiva Lamichhane

Patrocinados
Buscar
Patrocinados
Categorías
Read More
Spirituality
The Similarities Between Hinduism and Quantum Mechanics
Quantum mechanics is a branch of physics that studies the behavior of matter and energy at the...
By Anish Pokhrel 2023-03-14 11:54:44 0 18K
Literature & Culture
Are you someone who is passionate about Sanatan stories, values, cultures, and traditions?
Do you have a thirst for knowledge and a desire to learn more about your heritage? If so, then we...
By Yubaraj Sedai 2023-05-07 06:47:06 0 15K
Sanatan Dharma
Do you know what makes Ram Lalla's Vigraha so extraordinary?
PHOTO FEATURES
By Bharat Updates 2024-01-25 09:09:30 0 10K
Sanatan Dharma
गोत्र प्रणाली: किन एकै गोत्रका केटा र केटीको विवाह निषेध गरिएको हो?
गोत्र भनेको के हो?गोत्र प्रणाली एउटा यस्तो प्रणाली हो जसले व्यक्तिलाई उसको पुरुष लिनेज (male...
By Yubaraj Sedai 2025-01-27 06:14:08 0 6K
Politics
Riots in France: An Explanation By @Starboy2079
On Tuesday morning, a 17-year-old Algerian Muslim named Nahel was driving a car with a Polish...
By Bharat Updates 2023-06-30 12:27:12 0 11K