पूर्व पश्चिम मेची काली नेपाल कोठेबारी ।

हिमाल पहाड तराई राम्रो हाम्रो फूलबारी ।।

नदी नाला झरना हिमाल सुन्दर प्रकृति ।

बहुजाती दिलका साथी साझा संस्कृति ।।

भाषा र भेष रीति र रिवाज बचाओें आफैले ।

बलियो बनओें नेपाली एकता नहल्लाओस् कसैले ।।

विश्वको शिर सगरमाथा शान्तिको शिर बुद्ध ।

बुद्धि र योजना नेपाली पसिना नेपाल समृद्ध ।

बाडिन्न नेपाल भाँडिन्न नेपाल नेपाली एक मनले ।

बलियो नेपाल हरियो नेपाल नेपालकै जनधनले ।।

स्वदेशमा छौ कि विदेशमा छौ कि जहाँ छौ नेपाली ।

देशको भक्ति देशको शक्ति चन्द्र र सूर्य झन्डा उचाली ।।