Patrocinados
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षका प्रत्यासी विष्णुहरि पाण्डेले नेपाललाई बुद्ध दर्शन अध्ययन अन्तर्राष्ट्रिय केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेका छन् ।

बुधबार निर्वाचनका लागि आफ्नो प्यानल सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

यतिमात्रै नभएर उनले नेपाललाई सांस्कृतिक पर्यटन तथा जैविक विविधता अध्ययनको अन्तर्राष्ट्रिय केन्द्रको रुपमा स्थापित गर्नेसमेत योजना अगाडि सारेका छन् ।

भिजन २०२५ सार्वजनिक गर्दै उनले दीर्घकालीन महत्वका योजनाहरूअन्तर्गत नेपालको पर्यटन प्रवद्र्धन गर्ने गरि योजना अगाडि सारेका हुन् ।

नेपालले विश्व जगतमा आकर्षक मूल्यमा बिक्री गर्नसक्ने खुराक वुद्ध दर्शन भएको घोषणापत्रमा उल्लेख गरेका छन् । उनले भनेका छन्, जसको उद्गम विन्दु नै नेपाल हो । वृहतरुपमा तत्कालीन हिमवत खण्ड हो ।

काठमाडौं बौद्ध दर्शनको दुर्लभ अध्ययन केन्द्रको रुपमा स्थापित रहेको भन्दै उनले विश्वका ख्यातिप्राप्त पुस्तकालयहरूमा नेपालबाट लगिएका बौद्ध दर्शनसम्बन्धी ग्रन्थहरू रहेको बताएका छन् । उनले विश्व समुदायसामु नेपाललाई बौद्ध अध्ययन केन्द्रको रुपमा स्थापित गर्नुपर्ने र त्यसको केन्द्रीय समन्वयकारी भूमिकाको अगुवाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रहने उल्लेख गरेका छन् ।

यस्तै नेपालको सांस्कृतिक पर्यटन तथा जैविक विविधताको उजागर गरि नेपाललाई अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको रुपमा स्थापित गर्न विभिन्न कार्यक्रमहरू अगाडि सारेका छन् ।

जसअन्तर्गत विश्वविद्यालयहरूसँग समन्वय गरि पाठ्यक्रम विकास तथा पूर्वाधार विकासमा गहन अनुसन्धान, कार्यशाला तथा कार्ययोजना तयारीका लागि समन्वय गर्ने, नीतिगत पूर्वाधार तयार गर्नका लागि गहन गृहकार्य, कार्ययोजना तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्ने लगायत छ ।

आगामी असार ३० गते नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी पाण्डेले शैक्षिक परामर्श क्षेत्रमा स्थापित र परिचित व्यक्तिहरूलाई समेटेर प्यानल बनाएका छन् ।

पाण्डेले भुवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठलाई उपाध्यक्ष उम्मेदवारका रूपमा अघि सारेका छन् भने महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठीलाई उम्मेदवार बनाउने तयारी गरेका छन् ।

त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देलले उम्मेदवारी दिने तयारी भएको छ भने कार्यसमिति सदस्यका लागि आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा र श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने भएका छन् ।
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षका प्रत्यासी विष्णुहरि पाण्डेले नेपाललाई बुद्ध दर्शन अध्ययन अन्तर्राष्ट्रिय केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेका छन् । बुधबार निर्वाचनका लागि आफ्नो प्यानल सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी पाण्डेले यस्तो घोषणा गरेका हुन् । यतिमात्रै नभएर उनले नेपाललाई सांस्कृतिक पर्यटन तथा जैविक विविधता अध्ययनको अन्तर्राष्ट्रिय केन्द्रको रुपमा स्थापित गर्नेसमेत योजना अगाडि सारेका छन् । भिजन २०२५ सार्वजनिक गर्दै उनले दीर्घकालीन महत्वका योजनाहरूअन्तर्गत नेपालको पर्यटन प्रवद्र्धन गर्ने गरि योजना अगाडि सारेका हुन् । नेपालले विश्व जगतमा आकर्षक मूल्यमा बिक्री गर्नसक्ने खुराक वुद्ध दर्शन भएको घोषणापत्रमा उल्लेख गरेका छन् । उनले भनेका छन्, जसको उद्गम विन्दु नै नेपाल हो । वृहतरुपमा तत्कालीन हिमवत खण्ड हो । काठमाडौं बौद्ध दर्शनको दुर्लभ अध्ययन केन्द्रको रुपमा स्थापित रहेको भन्दै उनले विश्वका ख्यातिप्राप्त पुस्तकालयहरूमा नेपालबाट लगिएका बौद्ध दर्शनसम्बन्धी ग्रन्थहरू रहेको बताएका छन् । उनले विश्व समुदायसामु नेपाललाई बौद्ध अध्ययन केन्द्रको रुपमा स्थापित गर्नुपर्ने र त्यसको केन्द्रीय समन्वयकारी भूमिकाको अगुवाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रहने उल्लेख गरेका छन् । यस्तै नेपालको सांस्कृतिक पर्यटन तथा जैविक विविधताको उजागर गरि नेपाललाई अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको रुपमा स्थापित गर्न विभिन्न कार्यक्रमहरू अगाडि सारेका छन् । जसअन्तर्गत विश्वविद्यालयहरूसँग समन्वय गरि पाठ्यक्रम विकास तथा पूर्वाधार विकासमा गहन अनुसन्धान, कार्यशाला तथा कार्ययोजना तयारीका लागि समन्वय गर्ने, नीतिगत पूर्वाधार तयार गर्नका लागि गहन गृहकार्य, कार्ययोजना तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्ने लगायत छ । आगामी असार ३० गते नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी पाण्डेले शैक्षिक परामर्श क्षेत्रमा स्थापित र परिचित व्यक्तिहरूलाई समेटेर प्यानल बनाएका छन् । पाण्डेले भुवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठलाई उपाध्यक्ष उम्मेदवारका रूपमा अघि सारेका छन् भने महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठीलाई उम्मेदवार बनाउने तयारी गरेका छन् । त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देलले उम्मेदवारी दिने तयारी भएको छ भने कार्यसमिति सदस्यका लागि आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा र श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने भएका छन् ।
HAMROGLOBALMEDIA.COM
नेपाललाई बुद्ध दर्शन अध्ययन अन्तर्राष्ट्रिय केन्द्र स्थापित गर्ने एजेण्डासहित इक्यान अध्यक्षमा पाण्डेको उम्मेदवारी घोषणा
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षका प्रत्यासी विष्णुहरि पाण्डेले नेपाललाई बुद्ध दर्शन अध्ययन अन्तर्राष्ट्रिय केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेका छन् । बुधबार निर्वाचनका लागि आफ्नो प्यानल सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी पाण्डेले यस्तो घोषणा गरेका हुन् । यतिमात्रै नभएर उनले नेपाललाई सांस्कृतिक पर्यटन तथा जैविक विविधता अध्ययनको अन्तर्राष्ट्रिय […]
Like
1
0 Commentarios 0 Acciones 1K Views 0 Vista previa