मस्कोमा युक्रेनको ड्रोन आक्रमण, रुसले भन्यो - आतंकवादी हमलालाई असफल बनायौं
मस्को । युक्रेनले मस्कोमा ड्रोन आक्रामण गरेको छ । रुसले सोमबार युक्रेनले मस्कोमा ड्रोनबाट गरेको आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएको छ । रुसी रक्षा मन्त्रालयले यसलाई आतंकवादी हमला भनेको छ । रुसका अनुसार युक्रेनले मस्कोमा आतंकवादी हमलाका लागि २ ड्रोन पठाएको बताएको छ । आक्रमणमा कसैलाई पनि चोटपटक लागेको छैन । मस्कोका मेयर सर्गेई सोब्यानिनले दुईवटा गैर आवासीय भवनमा बिहान ४ बजे आक्रमण भएको बताए। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक दिनअघि रुसबाट बदला लिने कुरा गरेपछि मस्कोमा यो हमला भएको हो । वास्तवमा ग्रेन डीलबाट बाहिरिएपछि रूसले गत हप्ता ब्ल्याक सी नजिकैको ओडेसाको युक्रेनी...