भ्यालेन्टाइन डेमा डा.ओम मूर्तिको मायालुका लागि ‘त्याग’ अभियान
काठमाडौँ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने स्लोगनका साथ धूम्रपान सेवनलाई निरुत्साहित गर्न जनचेतनामूलक अभियानको थालनी गरेका छन् ।
विद्याकी देवी सरस्वतीको पूजा गरिने वसन्त पञ्चमी र प्रेम दिवस यस वर्ष फागुन २ गते अर्थात् १४ फेब्रुअरी एकै दिन परेको छ । उक्त दिनमा ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूम्रपान सेवनमुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा. अनिलले बताए।
विशेष अवसरमा लत छोड्न सजिलो र प्रभावकारी
कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग ग¥यो भने त्यो सफल हुने सम्भावना बढी हुन्छ । साथै अविस्मरणीय र महत्पूर्णसमेत हुने भएकाले त्यस दिनदेखि धूम्रपान र सुर्ती सेवनको लतलाई त्याग गर्न आफ्ना शुभेच्छुकहरूलाई उनले आह्वान गरेका छन् ।
बिहीबार साँझ आफ्नो फेसबुक पेजमा लाइभ गर्दै डा. ओम मूर्ति अनिलले आफ्ना शुभेच्छुकसमक्ष विशेष अवसरमा आफ्ना प्रियजनलाई यदि उपहार दिई खुसी बनाउन चाहानुहुन्छ भने धूम्रपान र सूर्र्ती सेवनको लतलाई त्याग गरी स्वस्थ जीवनको उपहार दिन आग्रह गरे ।
‘भ्यालेन्टाइन डे’का अवसरमा तपाई फूल दिनुस्, कुनै भौतिक उपहार दिनुस् । त्यसको साथसाथै आफू र आफ्नो परिवारजनको दीर्घ जीवनका लागि लत त्याग्नु सबैभन्दा मूल्यवान उपहार हो ।’ डा. अनिलले भने–‘यदि तपाईँ आफूलाई भन्दा बढी माया उनीहरूलाई गर्नु हुन्छ भने दीर्घ जीवनको उपहारजस्तो बहुमूल्य उपहार अर्को के होला र र?’ अझ त्यस विद्याकी देवीलाई पूजा गरिने दिन पनि परेको छ । कुलत त्याग्नेजस्तो नैतिक शिक्षा अर्को कुनै हुन्छ रु डा. अनिलको प्रश्न छ ।
‘स्मोकर्स आर नट सेल्फिस’
कुलत त्याग्नु जीवनको अमूल्य उपहार हो । चुरोट र सुर्ती सेवन छोड्दा आफ्नो आयु मात्रै लम्बिँदैन परिवारको आयु पनि बढ्छ । त्यसैले ‘स्मोकर्स आर नट सेल्फिस’ भन्ने मोटोलाई उनले विशेष जोड दिएका छन् ।
‘यदि तपाईँ स्वार्थी हो भने आफ्नो मस्तीका लागि आफू र आफ्ना प्रियजनको जीवन खतरामा पार्ने गरी धूम्रपान गर्नुहुन्छ । स्वार्थी होइन भने कुलत त्याग्नु हुन्छ ।’ डा. अनिलले भने–‘कुलत छुटाउन प्रोत्साहन गर्ने उद्देश्यका निम्ति यस अभियानमा ‘चुरोट सेवन गर्ने स्वार्थी हुँदैन’ (स्मोकर आर नट सेल्फिस) भन्ने टेमप्लेटलाई सकारात्मक र सुखद परिणामको अपेक्षासहित राखिएको स्पष्ट पारे।
‘तपाईंहरू आजैदेखि चुरोट र सूर्र्ती सेवन गर्न छोड्नुहोस् वा कम गर्दै जानुस् । १४ फेब्रुअरीका दिन च्वाट्टै छोड्नुहोस् ।’ फेसबुक लाइभमा शुभेच्छुकहरूलाई उनको आग्रह थियो ।
अल्पआयुमै मृत्युको प्रमुख कारण : चुरोट
डा. अनिलका अनुसार मानिसको मृत्युका कारणमध्ये धूम्रपान प्रमुख रहेको अध्ययनहरूबाट प्रमाणित भएको छ । तमाखु सेवन गर्ने हरेक २ जनामध्ये १ जनाको मृत्यु हुने गरेको छ ।
प्रत्येक एक खिल्ली चुरोटले सेवनकर्ताको ११ देखि १३ मिनेटसम्म आयु घटाउने भन्दै त्यस्ता मानिसको जीवनमा १० महिनाको वर्ष हुन्छ । अर्थात् सेवनकर्ताको हरेक वर्ष औसत दुई महिना आयु छोट्दिँदै जाने उनको भनाइ छ ।
धूम्रपान गर्ने व्यक्तिलाई २ देखि ४ प्रतिशत ह्दयघात र स्ट्रोक हुने खतरा छ भने फोक्सोको क्यान्सर हुने जोखिम २५ प्रतिशतसम्म रहेको उनले बताए ।
त्यस्तै एक वयस्क मानिसले अत्यधिक चुरोट सेवन गरेमा १५ वर्षदेखि २५ वर्षसम्म छिटो मृत्युको जोखिम रहेको अध्ययनमा देखिएको उनको भनाइ छ ।
‘प्यासिभ स्मोकिङ’ झन् खतरनाक
कुनै व्यक्तिले चुरोट सेवन गर्दा उसलाई मात्रै होइन वरिपरीका मानिसलाई पनि गम्भीर असर गर्दछ । यसबाट विशेषगरी गर्भमा रहेका शिशु, बालबालिका र सास फेर्न समस्या भएका व्यक्तिहरू सबैभन्दा बढी जोखिममा हुन्छ । त्यसैले यसलाई ‘प्यासिभ स्मोकिङ’ पनि भनिन्छ । यसले तेस्रो चरणसम्म असर गर्छ । अर्थात् सेवनकर्ता, वरिपरिका मानिस र सेवनकर्ताले प्रयोग गरेका सामग्रीबाट पनि अरुको स्वास्थ्यमा असर गर्छ ।
अध्ययनअनुसार धुम्रपानबाट ८० लाख जनाको मृत्यु हुँदा १३ लाख जना धुवाँ अर्थात् ‘प्यासिभ स्मोकिङ’ अरुले खाएको चुरोटको धुँवाले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको डा. अनिलले जानकारी दिए ।
धूम्रपानको भयावह स्थिति नेपालजस्ता गरिब मुलुकमा उच्च रहेको उल्लेख गर्दै विश्वका १ दशमलव ३ अर्ब जना धूम्रपान गर्ने मानिसमध्ये ८० प्रतिशत गरिब देशका नागरिक रहेको अध्ययनमा देखिएको उनको भनाइ छ ।
चुरोट छोड्दाको खुसी
धूम्रपान छोड्दा अकाल मृत्युबाट जोगिन सकिन्छ । साथै अभिभावत्वको जिम्मेवारी पूरा गर्न सकिन्छ । परिवारको आर्थिक, सामाजिक सुरक्षा गर्न सकिन्छ । ‘जीवन मेरो मात्रै होइन, ममाथि धेरै जना आश्रित छन्’ भन्ने बुझ्न जरुरी रहेको उनको भनाइ छ ।
धूम्रपानको लत छुटाउने अभियान सुरु गरेका डा. अनिलले त्यस्ता व्यक्तिलाई प्रोत्साहन गर्न उनले आफ्नो फेसबुक पेजमा गुगल फर्मसमेत राखेका छन् । जहाँ आफूले धूम्रपान त्याग गरेको प्रतिबद्धता व्यक्त गर्न सकिन्छ ।
डा. अनिलले सामाजिक सञ्जालमार्फत् सचेतनामूलक अभियान चलाउने क्रममा विश्व रेकर्डसमेत कायम गरेका छन् । बिहीबार उनको फेसबुक लाइभमा ६ हजार ६७२ जना प्रत्यक्ष जोडिएका थिए । त्यस क्रममा साढे दुई हजार प्रतिक्रिया र ८ हजारभन्दा बढी लाइक आएको थियो ।
सामाजिक सञ्जालमा उनको यो अभियानलाई धेरैले सकारात्मक पहलको रूपमा लिएका छन् । उक्त लाइभ भिडियो २४ घण्टाभित्र ४ लाखभन्दा बढीले हेरिसकेका छन् । साथै ४० हजारको लाइक आएको छ ।
सो अवधिभित्र करिब ५० जनाले सुर्ती चुरोट सेवन छाड्ने प्रतिबद्धता गरेको डा. अनिलले जानकारी दिए । धूम्रपानको लत छुटाउन फेसबुकमार्फत् दुई हप्ते अभियान सुरु गरेका उनले यस अवधिमा विभिन्न सन्देशमूलक सामग्री प्रस्तुत गरिने उनले जानकारी दिए ।
    
               0 Комментарии
            
               0 Поделились
            
                 3Кб Просмотры
              
                0 предпросмотр
              
                               DMCA
                DMCA
               
         English
English
             नेपाली
नेपाली
             हिन्दी
हिन्दी
             Spanish
Spanish
             Portuguese
Portuguese
             Deutsch
Deutsch
             Turkish
Turkish
             Dutch
Dutch
             Italiano
Italiano
             Romaian
Romaian
             Portuguese (Brazil)
Portuguese (Brazil)
             Greek
Greek
             Arabic
Arabic
             French
French
             অসমীয়া
অসমীয়া
             বাংলা
বাংলা