Sponsored

नवदुलही र रित्तो मन

0
10K

 आकांक्षाका भारी बोकेर मनभरि

सपनाको स्वर्णिम जीवन देखेर आँखाभरि
झर्न लागेका आँशुका बुँदहरूलाई,
लुकाएर आँखाभित्रै
रसिला आँखाले मुस्कुराएर
बिदा गरी
अरबको "लाहुरे" बन्न
जोस्सिएको उस्को नवदुलाहालाई ।

जीवनको रमाइलो यात्रा
अभाव विहीन जिन्दगी
त्यसमा फुल्ने मधुरम फूलहरू
उन्मुक्तताको  बतासमा उड्ने
स्वछन्द पलहरु
उसको नवदुलाहा फर्केर आएको दिन।

कल्पनामै सीमित रहे
वर्षै पिच्छे दोहोरिएका दिनरात
उषाका - किरण का पोलाईहरु
पूर्णेकाे रात को डसाईहरु।

मनसुनकाे वर्षाले पनि
नभिजेको तन लिएर
घुम्दैछे उही नवदुलही
अस्पताल अस्पतालका ढोका ढक्ढक्याउदै,
लाग्दै नलागेको  रोग बुझाउँदै
अतृप्त रित्तो मन लिएर।

उजाडिएको आफ्नो आँगन देख्दा
झस्कन्छे
विक्षिप्त उही नवदुलही
जिन्दगीको स्वर्णिम यात्रा
अभावमै पूर्ण थियो कि?
मरूभूमिमा फूल फुलाउने यात्रा
कठोर रैछ
निर्दयी रैछ !!
                      
From
वरदानका अनुभूति

विजया श्री 

Love
1
Sponsored
Search
Sponsored
Categories
Read More
Sanatan Dharma
Sanatan Dharma
13 Superior Hindu Sciences Hinduism Now, 5 August 2019 SouthReport.com reports on 13...
By Santosh Sedai 2023-06-08 13:09:29 0 13K
News
म्यानमार र श्रीलङ्कामार्फत तनाव बढाउँदै चीन
काठमाडौं। चीन र अमेरिकाको आपसी द्वन्द्वमा हिन्द महासगरमा तनाव सृजना भएको छ । चीनले उक्त क्षेत्रमा...
By Nepal Updates 2023-05-03 09:24:46 0 11K
Sanatan Dharma
आर्य समाज लंदन में सत्संग और भजन कार्यक्रम
3 जुलाई, लंदन - आर्य समाज लंदन में सत्संग और भजन कार्यक्रम का आयोजन किया गया। कार्यक्रम की...
By Yubaraj Sedai 2022-07-04 06:20:17 0 14K
Moral Stories
The Wise Cat, Greedy Monkey, Loyal Horse, Stubborn Goat, and Wise Parrot: Panchatantra Moral Stories
Panchatantra stories!        ...
By Timeless Moral Stories 2024-10-05 05:05:59 0 6K
Personal
कुनै आमा–बुवाले यस्तो समाचार सुन्न कहिल्यै नपरोस्…
गंगा देवी उप्रेती २५ चैत्र २०७८, शुक्रबार १२:०७ आत्महत्या वा डिप्रेसनका कारण संसारमा धेरै...
By Swadesh Foundation Nepal 2023-06-06 22:39:27 0 14K