Спонсоры
काठमाडौँ — वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना नेपाली महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले आइतबार फर्काएको छ ।

एससीसी म्यानपावर कम्पनीमार्फत जोर्डनको बहुर्राष्ट्रिय कम्पनी मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिलाहरुलाई अध्यागमनबाट फिर्ता पठाएको हो । उनीहरु शून्य लागतमा जोर्डनको रोजगारीमा छनोट भएका हुन् । ती महिला श्रमिकहरुको सबै सेवा शुल्क, भिसा, टिकट, स्वास्थ्य परीक्षणलगायत खर्च रोजगारदाता कम्पनीले नै ब्यहोरेको थियो ।

अध्यागमन कार्यालयले वर्किङ भिसा नदेखिएको र लगानी मन्त्रालयले भिसा नवीकरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको पत्र भएकोले प्रस्थान दिन नसकिएको पत्र दिएको छ । अध्यागमन कार्यालयले रतनकाली घर्तीमगर, तुलसा कुँवर, विना तामाङ, अमनी तिरुवा, अपर्णा सुनुवार, रेनुका विश्वकर्मा, मञ्जु कामी, सुनिता दोङ, सृष्टि कोइराला सार्कीलगायत १५ जनालाई रोकेको हो । उनीहरुको आइतबार बिहान १० बजे एयर अरेबियाको उडान थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यागमन विभागले अनावश्यक दु:ख दिएर व्यवसायीहरुलाई आतंकित बनाएको बताए । ‘जोर्डनको लागि पेपर भिसा हुन्छ । त्यो अध्यागमनलाई थाहा छ । अनलाइनमा नदेखिने भएकोले त्यहाँको परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको भिसा श्रमिकको साथमा थियो । एक हप्ता अगाडि पनि यसरी त्यही भिसा बोकेर १५ जना जोर्डन थियो’, उनले भने, ‘वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति भइसकेपछि रोक्नुको कुनै तुक छैन । यो विषय गम्भीर छ । हामी गृहमन्त्रीसमक्ष यो विषय राख्ने तयारी गरिरहेका छौं ।’
काठमाडौँ — वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना नेपाली महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले आइतबार फर्काएको छ । एससीसी म्यानपावर कम्पनीमार्फत जोर्डनको बहुर्राष्ट्रिय कम्पनी मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिलाहरुलाई अध्यागमनबाट फिर्ता पठाएको हो । उनीहरु शून्य लागतमा जोर्डनको रोजगारीमा छनोट भएका हुन् । ती महिला श्रमिकहरुको सबै सेवा शुल्क, भिसा, टिकट, स्वास्थ्य परीक्षणलगायत खर्च रोजगारदाता कम्पनीले नै ब्यहोरेको थियो । अध्यागमन कार्यालयले वर्किङ भिसा नदेखिएको र लगानी मन्त्रालयले भिसा नवीकरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको पत्र भएकोले प्रस्थान दिन नसकिएको पत्र दिएको छ । अध्यागमन कार्यालयले रतनकाली घर्तीमगर, तुलसा कुँवर, विना तामाङ, अमनी तिरुवा, अपर्णा सुनुवार, रेनुका विश्वकर्मा, मञ्जु कामी, सुनिता दोङ, सृष्टि कोइराला सार्कीलगायत १५ जनालाई रोकेको हो । उनीहरुको आइतबार बिहान १० बजे एयर अरेबियाको उडान थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यागमन विभागले अनावश्यक दु:ख दिएर व्यवसायीहरुलाई आतंकित बनाएको बताए । ‘जोर्डनको लागि पेपर भिसा हुन्छ । त्यो अध्यागमनलाई थाहा छ । अनलाइनमा नदेखिने भएकोले त्यहाँको परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको भिसा श्रमिकको साथमा थियो । एक हप्ता अगाडि पनि यसरी त्यही भिसा बोकेर १५ जना जोर्डन थियो’, उनले भने, ‘वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति भइसकेपछि रोक्नुको कुनै तुक छैन । यो विषय गम्भीर छ । हामी गृहमन्त्रीसमक्ष यो विषय राख्ने तयारी गरिरहेका छौं ।’
EKANTIPUR.COM
श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ महिलालाई अध्यागमनले विमानस्थलबाटै फर्कायो
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना नेपाली महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले आइतबार फर्काएको छ ।
0 Комментарии 0 Поделились 1Кб Просмотры 0 предпросмотр