إعلان مُمول
जनकपुर, रौतहट, रूपन्देही — असार १० मा उपप्रमुख सुनीता सिंह बुढाथोकीसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गर्ने सुइँको पाएपछि धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख महेन्द्र महतोले नगरसभा नै रोकिदिए । नगर प्रमुख महतो कांग्रेसबाट निर्वाचित हुन् ।






प्रमुख महतो र उपप्रमुख बुढाथोकी बीचको द्वन्द्वका कारण रोकिएको मिथिला नगरपालिकाको नगरसभा अझै टुंगो लागेको छैन । गत आर्थिक वर्षमा पनि महतो र बुढाथोकीबीचको झमेलाकै कारण नगरसभा ढिलो गरी भएको थियो ।

नगर प्रमुख विनोद पटेलले सल्लाहै नगरी नगरसभा गर्न खोजेको भन्दै रौतहटको बृन्दावन नगरपालिकाकी उपप्रमुख संगीताकुमारी रामले बहिष्कार गरिन् । प्रमुख पटेलले नीति तथा कार्यक्रम र बजेट आफूखुसी तयार पारेको भन्दै उपप्रमुख रामको विरोधपछि नगरसभा उद्घाटन भएर रोकिएको छ । उपप्रमुख रामलाई ६ जना वडाध्यक्षसहित २८ जनप्रतिनिधिले साथ दिएका छन् । प्रमुख र उपप्रमुखबीच यतिविघ्न तुष बढेको छ कि उनीहरूबीच बोलचाल छैन ।

सप्तरीको कञ्चनरूप नगरपालिकाका प्रमुख ललन गुप्ता र उपप्रमुख मुनाकुमारी पोखरेल कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन् । असार १० गते नगरसभा चलिरहेकै बेला उपप्रमुख पोखरेलले असन्तुष्टि राख्दै सभा रोक्न प्रस्ताव गरिन् । उनले प्रमुख गुप्ताले आफूखुसी नीति तथा कार्यक्रम र आयव्यय सार्वजनिक गरेको असन्तुष्टि जनाउँदा नगरसभा रोकियो । पालिकामा उपप्रमुख पोखरेलसँग बहुमत छ ।

मधेशका १ सय ३६ पालिकामध्ये कानुनी व्यवस्थाअनुसार असार १० गतेसम्म १ सय स्थानीय तहले मात्र नगरसभा गरेका छन् । बाँकी ३६ पालिकामा भने जनप्रतिनिधिबीचकै झमेलाका कारण नगरसभा हुन सकेको छैन । अधिकांशमा प्रमुख र उपप्रमुखबीचमै विवाद हुँदै आएको छ । किचलोका कारण दुई उपमहानगर, १८ नगरपालिका र १६ गाउँपालिकामा नगरसभा रोकिएको हो ।

मधेश प्रदेशमा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । यस्तै, ७३ नगरपालिकामध्ये १८ को बाँकी छ । पर्साका ६ सहित १६ गाउँपालिकामा किचलोकै कारण नगरसभा हुन सकेको छैन । बारामा दुई उपमहानगर, २ नगरपालिका र १ गाउँपालिकाको नगरसभा रोकिएको छ । रौतहटमा ४ नगरपालिका र २ गाउँपालिकाको नगरसभा रोकिएको छ । सर्लाहीमा ४ नगरपालिकाको नगरसभा रोकिएको छ । महोत्तरीमा १ नगरपालिका र १ गाउँपालिकाको नगरसभा हुन सकेको छैन । धनुषामा २ नगरपालिका र २ गाउँपालिकाको नगरसभा रोकिएको छ । सिरहामा भने १ गाउँपालिकाको सभा भएको छैन । सप्तरीमा ४ नगरपालिका र ३ गाउँपालिकाको नगरसभा रोकिएको छ ।

योजना वितरण, सेवासुविधा, गाडी र बजेटमा स्वार्थ नमिल्दा मधेशका स्थानीय तह गिजोलिएका छन् । प्रमुखको आफ्नैखाले रबाफ र उपप्रमुख संकुचनमा बस्नुपर्ने स्थितिले स्थानीय तहमा विवाद मात्र भएको छैन, नगर–गाउँको विकाससमेत प्रभावित बनेको छ । एउटै र फरक दलबाट निर्वाचित प्रमुख–उपप्रमुख बीच द्वन्द्व भइरहेको छ । मिथिलाको नगरसभा रोकिँदा एक सय शय्याको अस्पताल निर्माण अलपत्र परेको छ । अस्पताल नहुँदा मिथिलाका बासिन्दा सामान्य उपचारका लागि पनि जनकपुर धाउनुपर्ने बाध्यता छ । उपप्रमुख सरिता सिपलिया यादवसहित बहुमत सदस्यले पछिल्लो वर्षको आय–व्यय उपलब्ध गराए मात्र नगरसभा हुने अडान लिएपछि सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको नगरसभा पनि रोकिएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्रमुख–उपप्रमुखको विवादका कारण विकासका काम प्रभावित भएका छन् । विवादकै कारण नयाँ बजेट आएन । एकै पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखमा समेत कुरा नमिल्दा यहाँ विकास ठप्प छ । झन्डै तीन महिना कार्यालयमा ताल्चा लगाएको थियो ।
जनकपुर, रौतहट, रूपन्देही — असार १० मा उपप्रमुख सुनीता सिंह बुढाथोकीसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गर्ने सुइँको पाएपछि धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख महेन्द्र महतोले नगरसभा नै रोकिदिए । नगर प्रमुख महतो कांग्रेसबाट निर्वाचित हुन् । प्रमुख महतो र उपप्रमुख बुढाथोकी बीचको द्वन्द्वका कारण रोकिएको मिथिला नगरपालिकाको नगरसभा अझै टुंगो लागेको छैन । गत आर्थिक वर्षमा पनि महतो र बुढाथोकीबीचको झमेलाकै कारण नगरसभा ढिलो गरी भएको थियो । नगर प्रमुख विनोद पटेलले सल्लाहै नगरी नगरसभा गर्न खोजेको भन्दै रौतहटको बृन्दावन नगरपालिकाकी उपप्रमुख संगीताकुमारी रामले बहिष्कार गरिन् । प्रमुख पटेलले नीति तथा कार्यक्रम र बजेट आफूखुसी तयार पारेको भन्दै उपप्रमुख रामको विरोधपछि नगरसभा उद्घाटन भएर रोकिएको छ । उपप्रमुख रामलाई ६ जना वडाध्यक्षसहित २८ जनप्रतिनिधिले साथ दिएका छन् । प्रमुख र उपप्रमुखबीच यतिविघ्न तुष बढेको छ कि उनीहरूबीच बोलचाल छैन । सप्तरीको कञ्चनरूप नगरपालिकाका प्रमुख ललन गुप्ता र उपप्रमुख मुनाकुमारी पोखरेल कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन् । असार १० गते नगरसभा चलिरहेकै बेला उपप्रमुख पोखरेलले असन्तुष्टि राख्दै सभा रोक्न प्रस्ताव गरिन् । उनले प्रमुख गुप्ताले आफूखुसी नीति तथा कार्यक्रम र आयव्यय सार्वजनिक गरेको असन्तुष्टि जनाउँदा नगरसभा रोकियो । पालिकामा उपप्रमुख पोखरेलसँग बहुमत छ । मधेशका १ सय ३६ पालिकामध्ये कानुनी व्यवस्थाअनुसार असार १० गतेसम्म १ सय स्थानीय तहले मात्र नगरसभा गरेका छन् । बाँकी ३६ पालिकामा भने जनप्रतिनिधिबीचकै झमेलाका कारण नगरसभा हुन सकेको छैन । अधिकांशमा प्रमुख र उपप्रमुखबीचमै विवाद हुँदै आएको छ । किचलोका कारण दुई उपमहानगर, १८ नगरपालिका र १६ गाउँपालिकामा नगरसभा रोकिएको हो । मधेश प्रदेशमा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । यस्तै, ७३ नगरपालिकामध्ये १८ को बाँकी छ । पर्साका ६ सहित १६ गाउँपालिकामा किचलोकै कारण नगरसभा हुन सकेको छैन । बारामा दुई उपमहानगर, २ नगरपालिका र १ गाउँपालिकाको नगरसभा रोकिएको छ । रौतहटमा ४ नगरपालिका र २ गाउँपालिकाको नगरसभा रोकिएको छ । सर्लाहीमा ४ नगरपालिकाको नगरसभा रोकिएको छ । महोत्तरीमा १ नगरपालिका र १ गाउँपालिकाको नगरसभा हुन सकेको छैन । धनुषामा २ नगरपालिका र २ गाउँपालिकाको नगरसभा रोकिएको छ । सिरहामा भने १ गाउँपालिकाको सभा भएको छैन । सप्तरीमा ४ नगरपालिका र ३ गाउँपालिकाको नगरसभा रोकिएको छ । योजना वितरण, सेवासुविधा, गाडी र बजेटमा स्वार्थ नमिल्दा मधेशका स्थानीय तह गिजोलिएका छन् । प्रमुखको आफ्नैखाले रबाफ र उपप्रमुख संकुचनमा बस्नुपर्ने स्थितिले स्थानीय तहमा विवाद मात्र भएको छैन, नगर–गाउँको विकाससमेत प्रभावित बनेको छ । एउटै र फरक दलबाट निर्वाचित प्रमुख–उपप्रमुख बीच द्वन्द्व भइरहेको छ । मिथिलाको नगरसभा रोकिँदा एक सय शय्याको अस्पताल निर्माण अलपत्र परेको छ । अस्पताल नहुँदा मिथिलाका बासिन्दा सामान्य उपचारका लागि पनि जनकपुर धाउनुपर्ने बाध्यता छ । उपप्रमुख सरिता सिपलिया यादवसहित बहुमत सदस्यले पछिल्लो वर्षको आय–व्यय उपलब्ध गराए मात्र नगरसभा हुने अडान लिएपछि सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको नगरसभा पनि रोकिएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्रमुख–उपप्रमुखको विवादका कारण विकासका काम प्रभावित भएका छन् । विवादकै कारण नयाँ बजेट आएन । एकै पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखमा समेत कुरा नमिल्दा यहाँ विकास ठप्प छ । झन्डै तीन महिना कार्यालयमा ताल्चा लगाएको थियो ।
EKANTIPUR.COM
जनप्रतिनिधिबीच बोलचाल बन्द, विकास ठप्प
असार १० मा उपप्रमुख सुनीता सिंह बुढाथोकीसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गर्ने सुइँको पाएपछि धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख महेन्द्र महतोले नगरसभा नै रोकिदिए । नगर प्रमुख महतो कांग्रेसबाट निर्वाचित हुन् ।
0 التعليقات 0 المشاركات 1كيلو بايت مشاهدة 0 معاينة