Sponsored
https://ekantipur.com/news/2023/07/11/168904157658837307.html
काठमाडौँ — संसदीय राजनीतिक प्रणालीबाट बाहिर रहेका नेत्रविक्रम चन्दलाई ‘समाजवादी मोर्चा’ मा भित्र्याएका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले फेरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने कुरा गर्न थालेका छन् । मुख्य गरी कांग्रेससित सत्ता सहकार्य गरिरहेका बेला उनले नेकपातिर फर्कने प्रसंग उधिन्नु आफैंमा अर्थपूर्ण छ ।

एक महिनाको अवधिमा उनले नेकपा ब्युँताउने कुरा तीन पटक गरिसकेका छन् । उनले असार १६ मा पोखरा, असार १७ मा काठमाडौं र जेठ ३१ मा दाङ पुगेर अब नेकपातिर फर्कने दाबी गरेका हुन् । ‘हामीले फेरि नेकपातिरै फर्कने भनेका छौं, पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका छौं,’ आइतबार दाहालले काठमाडौंको एक कार्यक्रममा भने, ‘हामी एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्छ किनकि विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियमअनुसार अगाडि बढेको छ ।’

कांग्रेस, एकीकृत समाजवादी, जसपालगायत दलको सत्ता सहकार्यमा प्रधानमन्त्री भएका उनले भनेजस्तो पुनः नेकपा निर्माण गर्ने राजनीतिक परिस्थिति बनिसकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवासँग आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेका उनले यसको प्रतिकूल हुने गरी नेकपा पुनर्गठनको प्रसंग ल्याएका छन् । माओवादी, एकीकृत समाजवादी, जसपा र चन्द नेतृत्वको पार्टी मिलेर समाजवादी मोर्चा गठन गरेपछि पुरानै नेकपातिर फर्कने दाहालको भनाइ आएको हो ।

एमाले र माओवादी नेताहरूका अनुसार नेकपा ब्युँताउनेबारे अनौपचारिक/औपचारिक कुनै संवाद भएको छैन । कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्नेमा सैद्धान्तिक रूपमा सहमत भए पनि नेताहरूको व्यक्तिगत पदीय लडाइँका कारण मिल्ने सम्भावना छैन । माओवादी वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कम्युनिस्टहरूबीच एकता हुनुपर्ने आवश्यकता भए पनि अहिले कुनै संवाद नभएको बताए । ‘पहिले पनि नेकपा बनाएकै हो, जोगाउन सकिएन,’ उनले भने, ‘कम्युनिस्ट पार्टीहरू मिलेर एउटै नेकपा बनाउने आवश्यकता हो तर यसबारे कुनै छलफल भएको मलाई जानकारी छैन ।’

सत्तामा कांग्रेससँग सहकार्य गरिरहेका बेला खासगरी तत्काल नेकपातिर फर्कने सम्भावना छैन । कांग्रेसको बलमा प्रधानमन्त्री भएका दाहालले पटक–पटक किन नेकपातिर फर्कने बताइरहेका छन् ? जबकि तत्कालीन नेकपाको मुख्य दल एमाले विपक्षी मोर्चामा छ । एमालेबिनाको नेकपा बने पनि नाम मात्रको हुनेछ । माओवादीकै पहलमा एमालेविरुद्ध मोर्चाबन्दी भइरहेको अवस्थामा नेकपातिर फर्कने कुरा गर्नु राजनीतिक चालबाजी भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । ‘अहिले नेकपा ब्युँताउने कुरा गर्नु राजनीतिक स्टन्ट मात्रै हो,’ उनले भने, ‘वामपन्थी गठबन्धनको सरकार तीन महिनापछि बदलेका प्रचण्डले अहिले कार्यकर्ता अलमल्याउने चालबाजी मात्र गरेका हुन् ।’

सरकारको कामकारबाहीमा प्रश्न उठाएपछि दाहालले सांकेतिक रूपमा सन्देश दिन नेकपातिर फर्कने ‘गफ’ दिएको गुरुङको आरोप छ । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले तत्काल नेकपातिर फर्कने सम्भावना नभएको बताए । ‘प्रचण्ड एकसाथ दुई, तीन कुरा गर्नु हुन्छ, नेकपातिर फर्कने कुरा पनि त्यही हो,’ उनले भने ।

वामपन्थी एकताको वकालत गरिरहेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्ता गठबन्धन र अरू राजनीतिक परिस्थितिका कारण पुरानो नेकपा ‘मीठो सम्झना’ मात्रै भएको टिप्पणी गरे । ‘नेकपा इतिहासको मीठो सम्झना हो,’ उनले भने, ‘हाल यसले कुनै आकार लिएको छैन ।’ तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच स्वार्थ–संघर्ष उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले ०७७ फागुन २३ मा नेकपा विघटन गरिदिएको थियो । त्यसपछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका थिए । ०७४ मा प्रदेश र संघको निर्वाचनमा गठबन्धन गरेका दुई दलबीच ०७५ जेठ पहिलो साता पार्टी एकीकरण भएको थियो । प्रधानमन्त्री दाहालले नेकपा विभाजनमा कसैलाई दोष नदिने उल्लेख गर्दै दुर्भाग्य भएको टिप्पणी गरे । ‘प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरूमा एउटा आतंकजस्तो भयो तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं,’ दाहालको भनाइ छ, ‘म यसमा कसैलाई दोषारोपण गर्दिनँ ।’
https://ekantipur.com/news/2023/07/11/168904157658837307.html काठमाडौँ — संसदीय राजनीतिक प्रणालीबाट बाहिर रहेका नेत्रविक्रम चन्दलाई ‘समाजवादी मोर्चा’ मा भित्र्याएका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले फेरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने कुरा गर्न थालेका छन् । मुख्य गरी कांग्रेससित सत्ता सहकार्य गरिरहेका बेला उनले नेकपातिर फर्कने प्रसंग उधिन्नु आफैंमा अर्थपूर्ण छ । एक महिनाको अवधिमा उनले नेकपा ब्युँताउने कुरा तीन पटक गरिसकेका छन् । उनले असार १६ मा पोखरा, असार १७ मा काठमाडौं र जेठ ३१ मा दाङ पुगेर अब नेकपातिर फर्कने दाबी गरेका हुन् । ‘हामीले फेरि नेकपातिरै फर्कने भनेका छौं, पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका छौं,’ आइतबार दाहालले काठमाडौंको एक कार्यक्रममा भने, ‘हामी एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्छ किनकि विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियमअनुसार अगाडि बढेको छ ।’ कांग्रेस, एकीकृत समाजवादी, जसपालगायत दलको सत्ता सहकार्यमा प्रधानमन्त्री भएका उनले भनेजस्तो पुनः नेकपा निर्माण गर्ने राजनीतिक परिस्थिति बनिसकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवासँग आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेका उनले यसको प्रतिकूल हुने गरी नेकपा पुनर्गठनको प्रसंग ल्याएका छन् । माओवादी, एकीकृत समाजवादी, जसपा र चन्द नेतृत्वको पार्टी मिलेर समाजवादी मोर्चा गठन गरेपछि पुरानै नेकपातिर फर्कने दाहालको भनाइ आएको हो । एमाले र माओवादी नेताहरूका अनुसार नेकपा ब्युँताउनेबारे अनौपचारिक/औपचारिक कुनै संवाद भएको छैन । कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्नेमा सैद्धान्तिक रूपमा सहमत भए पनि नेताहरूको व्यक्तिगत पदीय लडाइँका कारण मिल्ने सम्भावना छैन । माओवादी वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कम्युनिस्टहरूबीच एकता हुनुपर्ने आवश्यकता भए पनि अहिले कुनै संवाद नभएको बताए । ‘पहिले पनि नेकपा बनाएकै हो, जोगाउन सकिएन,’ उनले भने, ‘कम्युनिस्ट पार्टीहरू मिलेर एउटै नेकपा बनाउने आवश्यकता हो तर यसबारे कुनै छलफल भएको मलाई जानकारी छैन ।’ सत्तामा कांग्रेससँग सहकार्य गरिरहेका बेला खासगरी तत्काल नेकपातिर फर्कने सम्भावना छैन । कांग्रेसको बलमा प्रधानमन्त्री भएका दाहालले पटक–पटक किन नेकपातिर फर्कने बताइरहेका छन् ? जबकि तत्कालीन नेकपाको मुख्य दल एमाले विपक्षी मोर्चामा छ । एमालेबिनाको नेकपा बने पनि नाम मात्रको हुनेछ । माओवादीकै पहलमा एमालेविरुद्ध मोर्चाबन्दी भइरहेको अवस्थामा नेकपातिर फर्कने कुरा गर्नु राजनीतिक चालबाजी भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । ‘अहिले नेकपा ब्युँताउने कुरा गर्नु राजनीतिक स्टन्ट मात्रै हो,’ उनले भने, ‘वामपन्थी गठबन्धनको सरकार तीन महिनापछि बदलेका प्रचण्डले अहिले कार्यकर्ता अलमल्याउने चालबाजी मात्र गरेका हुन् ।’ सरकारको कामकारबाहीमा प्रश्न उठाएपछि दाहालले सांकेतिक रूपमा सन्देश दिन नेकपातिर फर्कने ‘गफ’ दिएको गुरुङको आरोप छ । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले तत्काल नेकपातिर फर्कने सम्भावना नभएको बताए । ‘प्रचण्ड एकसाथ दुई, तीन कुरा गर्नु हुन्छ, नेकपातिर फर्कने कुरा पनि त्यही हो,’ उनले भने । वामपन्थी एकताको वकालत गरिरहेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्ता गठबन्धन र अरू राजनीतिक परिस्थितिका कारण पुरानो नेकपा ‘मीठो सम्झना’ मात्रै भएको टिप्पणी गरे । ‘नेकपा इतिहासको मीठो सम्झना हो,’ उनले भने, ‘हाल यसले कुनै आकार लिएको छैन ।’ तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच स्वार्थ–संघर्ष उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले ०७७ फागुन २३ मा नेकपा विघटन गरिदिएको थियो । त्यसपछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका थिए । ०७४ मा प्रदेश र संघको निर्वाचनमा गठबन्धन गरेका दुई दलबीच ०७५ जेठ पहिलो साता पार्टी एकीकरण भएको थियो । प्रधानमन्त्री दाहालले नेकपा विभाजनमा कसैलाई दोष नदिने उल्लेख गर्दै दुर्भाग्य भएको टिप्पणी गरे । ‘प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरूमा एउटा आतंकजस्तो भयो तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं,’ दाहालको भनाइ छ, ‘म यसमा कसैलाई दोषारोपण गर्दिनँ ।’
0 Comments 0 Shares 1K Views 0 Reviews