Sponsor

पशुरोग विशेषज्ञले गाईको प्राथमिक उपचार गरे। ज्वरो कम हुने औषधी सुइमार्फत् लगाइदिए। शरीरभरि उठेका गिर्खा जस्ता फोकाहरूको उपचार गरे, तर सञ्चो भएन। डाक्टरले लम्पी स्कीनको भ्याक्सिन लगाउनुपर्छ भनेर सल्लाह दिए।

तर, भ्याक्सिन पाइएन।

‘गाई बचाउन भ्याक्सिन लगाउनुपर्छ भनेर पशु डाक्टरले भन्नुभयो, तर भ्याक्सिन पाइएन,’ उनले भने, ‘किनेको एक महिनामै गाईको हालत यस्तो भयो, अब के गरूँ ।’

हेमजाकै द्रौपदी सुवेदी बास्तोलाको फार्ममा पनि गाइहरू लम्पी स्किनबाट ग्रस्त छन्। उनले पालेको एउटा गाई मरिसकेको छ भने अर्को गाइको उपचार गरिरहेकी छिन्। तर अहिलेसम्म भ्याक्सिन लगाउन नपाएको उनले बताइन्।

‘एउटा गाई मरिसक्यो, अर्कोलाई पनि रोग लागेको छ,’ उनले भनिन्, ‘भ्याक्सिन लगाउन पाए जोगिन्थ्यो कि।’

पशु सेवा कार्यालय कास्कीका अनुसार जिल्लाका सबै गाउँमा लम्पी स्किन रोग महामारीका रूपमा फैलिसकेको छ। पोखरा महानगरमा सबैभन्दा धेरै प्रभाव रहेको शम्भुराज पाण्डेले बताए।

पोखरा महानगरको पशु सेवा शाखाका अनुसार गत शुक्रबारसम्म महानगरभित्र मात्रै २८९ वटा गाई मरिसकेका छन्। किसानले दिएको जानकारी अनुसार महानगरभित्र ९ हजार १६५ वटा गाइमा लम्पी स्किन रोग देखिएको छ।

महानगरको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीका अनुसार महानगरले हालसम्म ६ हजार ५०० वटा गाइलाई लम्पी स्किन विरूद्धको भ्याक्सिन लगाएको जानकारी दिए।

उनका अनुसार महानगरको ९ वटा सेवा केन्द्र र तीन ठाउँमा शिविर राखेर गाईको उपचार गरिएको छ।

यतिले मात्र लम्पी स्किन महामारी रोक्न सम्भव नभएको उनले बताए। महानगरमा हाल १९ हजार गाई र १५ हजार भैंसी छन्। यी सबै गाई र भैंसीलाई लम्पी स्किन विरूद्धको खोप लगाउन आवश्यक रहेको अधिकारीको भनाइ छ।

नेपालमा पहिलो पटक लम्पी स्किन विरूद्धको खोप पोखराबाट लगाउन सुरू गरेको भन्दै उनले छिट्टै भ्याक्सिन अभियान चलाउने बताए।

‘हामीले नेपालमै पहिलो पटक वैशाखदेखि भ्याक्सिन लगाउन थालेका छौं,’ उनले भने, ‘केही दिनमै अभियानका रूपमा सबै गाई भैंसीमा भ्याक्सिन लगाइन्छ।’

महानगर आँफैले भ्याक्सिन खरिद गरेर लगाउन सुरू गरेको उनले बताए।

सरकारले निजी व्यवसायीलाई भ्याक्सिन खरिद बिक्री गर्न दिएको छ।

लामखुट्टेको टोकाइबाट लाग्ने सरूवा रोग लम्पी स्किन अहिले महामारीका रूपमा फैलिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक अधिकृत सुरेश श्रेष्ठले बताए। लामखुट्टेको टोकाइबाट लाग्ने लम्पी स्किन रोग सरूवा रोग भएकाले छिटो छिटो फैलिएको हो।

‘लम्पी स्किन रोग कोरोना महामारी झैं गाई भैंसीमा फैलिएको छ,’ उनले भने, ‘यस रोग नियन्त्रण गर्न भ्याक्सिनबाहेक अरू उपाय छैन।’

उनका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङबाहेक १० जिल्लाका गाई-भैंसीमा लम्पी स्किन महामारी फैलिएको छ।

गण्डकीमा हालसम्म ६४१ वटा गाई भैंसी मरिसकेका छन् भने ३० हजार ६५३ वटा संक्रमित छन्। हालसम्म ३३ हजार ४८४ वटा गाई भैंसीमा खोप लगाइसकेको श्रेष्ठले बताए।

गण्डकी प्रदेशका किसानले १० लाख वटा गाई र भैंसी पालेको निर्देशनालयले जनाएको छ। लम्पी स्किन निरन्तर फैलिएको र अझै सर्न सक्ने भएकाले सबै गाई भैंसीमा खोप आवश्यक परेको प्राविधिक अधिकृत श्रेष्ठले बताए।

गण्डकीका गाई र भैंसीलाई सबै प्रकारका सरूवा रोग लाग्न नदिन पूर्ण खोप अभियान जारी रहेको भन्दै उनले लम्पी स्किन विरूद्धको खोपका लागि पनि प्रदेशले अभियान चलाएको बताए। सरकारले आगामी वर्षको बजेटमा पूर्ण खोप अभियानका लागि ३ करोड ५० लाख र लम्पी स्किन विरूद्धको खोपका लागि १ करोड बजेट विनियोजन गरेको छ।

किसानले भने सरकारी निकायले लम्पी खोप विरूद्ध निकै ढिलो गरी कदम चालेको अहिले पनि काम सुस्तै रहेको भन्दै असन्तुष्टी जनाएका छन्।

‘दिनदिनै गाई मरिरहेका छन्, हाम्रो टोलमा मात्र ७, ८ वटा गाई मरिसके,’ हेमजाका किसान बाँस्तोलाले भने, ‘सरकारले भ्याक्सिन ल्याउने भन्दाभन्दै गोठ रित्तिन लागिसक्यो।’

अझै पनि सरकारले आवश्यक मात्रामा खोपको व्यवस्था गर्न नसकेको भन्दै उनले किसानको गोठ नै रित्तिने गरी भाइरस फैंलिदा पनि सरकार गम्भीर नभएको बताए ।

‘कोरोनाका बेला मान्छेलाई लगाउने खोपमा जस्तै गाई भैंसीलाई लगाउने खोप लगाउन पनि सरकारले ढिलासुस्ती गर्‍यो,’ उनले भने, ‘हामीलाई यति ठूलो क्षति भइरहेको छ, सरकारले मतलब नै राखेन।’
पशुरोग विशेषज्ञले गाईको प्राथमिक उपचार गरे। ज्वरो कम हुने औषधी सुइमार्फत् लगाइदिए। शरीरभरि उठेका गिर्खा जस्ता फोकाहरूको उपचार गरे, तर सञ्चो भएन। डाक्टरले लम्पी स्कीनको भ्याक्सिन लगाउनुपर्छ भनेर सल्लाह दिए। तर, भ्याक्सिन पाइएन। ‘गाई बचाउन भ्याक्सिन लगाउनुपर्छ भनेर पशु डाक्टरले भन्नुभयो, तर भ्याक्सिन पाइएन,’ उनले भने, ‘किनेको एक महिनामै गाईको हालत यस्तो भयो, अब के गरूँ ।’ हेमजाकै द्रौपदी सुवेदी बास्तोलाको फार्ममा पनि गाइहरू लम्पी स्किनबाट ग्रस्त छन्। उनले पालेको एउटा गाई मरिसकेको छ भने अर्को गाइको उपचार गरिरहेकी छिन्। तर अहिलेसम्म भ्याक्सिन लगाउन नपाएको उनले बताइन्। ‘एउटा गाई मरिसक्यो, अर्कोलाई पनि रोग लागेको छ,’ उनले भनिन्, ‘भ्याक्सिन लगाउन पाए जोगिन्थ्यो कि।’ पशु सेवा कार्यालय कास्कीका अनुसार जिल्लाका सबै गाउँमा लम्पी स्किन रोग महामारीका रूपमा फैलिसकेको छ। पोखरा महानगरमा सबैभन्दा धेरै प्रभाव रहेको शम्भुराज पाण्डेले बताए। पोखरा महानगरको पशु सेवा शाखाका अनुसार गत शुक्रबारसम्म महानगरभित्र मात्रै २८९ वटा गाई मरिसकेका छन्। किसानले दिएको जानकारी अनुसार महानगरभित्र ९ हजार १६५ वटा गाइमा लम्पी स्किन रोग देखिएको छ। महानगरको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीका अनुसार महानगरले हालसम्म ६ हजार ५०० वटा गाइलाई लम्पी स्किन विरूद्धको भ्याक्सिन लगाएको जानकारी दिए। उनका अनुसार महानगरको ९ वटा सेवा केन्द्र र तीन ठाउँमा शिविर राखेर गाईको उपचार गरिएको छ। यतिले मात्र लम्पी स्किन महामारी रोक्न सम्भव नभएको उनले बताए। महानगरमा हाल १९ हजार गाई र १५ हजार भैंसी छन्। यी सबै गाई र भैंसीलाई लम्पी स्किन विरूद्धको खोप लगाउन आवश्यक रहेको अधिकारीको भनाइ छ। नेपालमा पहिलो पटक लम्पी स्किन विरूद्धको खोप पोखराबाट लगाउन सुरू गरेको भन्दै उनले छिट्टै भ्याक्सिन अभियान चलाउने बताए। ‘हामीले नेपालमै पहिलो पटक वैशाखदेखि भ्याक्सिन लगाउन थालेका छौं,’ उनले भने, ‘केही दिनमै अभियानका रूपमा सबै गाई भैंसीमा भ्याक्सिन लगाइन्छ।’ महानगर आँफैले भ्याक्सिन खरिद गरेर लगाउन सुरू गरेको उनले बताए। सरकारले निजी व्यवसायीलाई भ्याक्सिन खरिद बिक्री गर्न दिएको छ। लामखुट्टेको टोकाइबाट लाग्ने सरूवा रोग लम्पी स्किन अहिले महामारीका रूपमा फैलिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक अधिकृत सुरेश श्रेष्ठले बताए। लामखुट्टेको टोकाइबाट लाग्ने लम्पी स्किन रोग सरूवा रोग भएकाले छिटो छिटो फैलिएको हो। ‘लम्पी स्किन रोग कोरोना महामारी झैं गाई भैंसीमा फैलिएको छ,’ उनले भने, ‘यस रोग नियन्त्रण गर्न भ्याक्सिनबाहेक अरू उपाय छैन।’ उनका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङबाहेक १० जिल्लाका गाई-भैंसीमा लम्पी स्किन महामारी फैलिएको छ। गण्डकीमा हालसम्म ६४१ वटा गाई भैंसी मरिसकेका छन् भने ३० हजार ६५३ वटा संक्रमित छन्। हालसम्म ३३ हजार ४८४ वटा गाई भैंसीमा खोप लगाइसकेको श्रेष्ठले बताए। गण्डकी प्रदेशका किसानले १० लाख वटा गाई र भैंसी पालेको निर्देशनालयले जनाएको छ। लम्पी स्किन निरन्तर फैलिएको र अझै सर्न सक्ने भएकाले सबै गाई भैंसीमा खोप आवश्यक परेको प्राविधिक अधिकृत श्रेष्ठले बताए। गण्डकीका गाई र भैंसीलाई सबै प्रकारका सरूवा रोग लाग्न नदिन पूर्ण खोप अभियान जारी रहेको भन्दै उनले लम्पी स्किन विरूद्धको खोपका लागि पनि प्रदेशले अभियान चलाएको बताए। सरकारले आगामी वर्षको बजेटमा पूर्ण खोप अभियानका लागि ३ करोड ५० लाख र लम्पी स्किन विरूद्धको खोपका लागि १ करोड बजेट विनियोजन गरेको छ। किसानले भने सरकारी निकायले लम्पी खोप विरूद्ध निकै ढिलो गरी कदम चालेको अहिले पनि काम सुस्तै रहेको भन्दै असन्तुष्टी जनाएका छन्। ‘दिनदिनै गाई मरिरहेका छन्, हाम्रो टोलमा मात्र ७, ८ वटा गाई मरिसके,’ हेमजाका किसान बाँस्तोलाले भने, ‘सरकारले भ्याक्सिन ल्याउने भन्दाभन्दै गोठ रित्तिन लागिसक्यो।’ अझै पनि सरकारले आवश्यक मात्रामा खोपको व्यवस्था गर्न नसकेको भन्दै उनले किसानको गोठ नै रित्तिने गरी भाइरस फैंलिदा पनि सरकार गम्भीर नभएको बताए । ‘कोरोनाका बेला मान्छेलाई लगाउने खोपमा जस्तै गाई भैंसीलाई लगाउने खोप लगाउन पनि सरकारले ढिलासुस्ती गर्‍यो,’ उनले भने, ‘हामीलाई यति ठूलो क्षति भइरहेको छ, सरकारले मतलब नै राखेन।’
WWW.SETOPATI.COM
कोरोनासरी फैलिरहेछ गाई भैंसीमा लम्पी स्किन, भ्याक्सिनमा सरकारको ढिलासुस्ती
‘गाई बचाउन भ्याक्सिन लगाउनुपर्छ भनेर पशु डाक्टरले भन्नुभयो, तर भ्याक्सिन पाइएन,’ उनले भने, ‘किनेको एक महिनामै गाईको हालत यस्तो भयो, अब के गरुँ ।’
0 Commentarii 0 Distribuiri 1K Views 0 previzualizare