Commandité
WWW.RATOPATI.COM
पानीको निकास बन्द हुँदा कलुवापुर बजार डुबानमा
कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो । “बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ”, स्थानीय जयबहादुर ऐरले भने, “नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको छ ।” बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए । कलुवापुर–बेलौरी सडक निर्माण गर्दासमेत पानीको निकास नराखिँदा पानी थुनिएको उनको भनाइ छ । ...
0 Commentaires 0 Parts 478 Vue 0 Aperçu