Προωθημένο
WWW.RATOPATI.COM
कक्षा ११ को भर्नामा मनपरी शुल्क उठाएको भन्दै अनेरास्ववियुले अनुगमन गर्ने
काठमाडौँ । एमाले निकट अनेरास्ववियुले काठमाडौँ महानगरपालिका लगायत देशभरका नीजि माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुबाट मनपरी रुपमा चर्को शुल्क असुल गरिरहेको भन्ने गुनासोहरु आएकाले अनुगमन गर्ने जनाएको छ । अध्यक्ष समिक बडालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरसहित देशभरका कलेजहरुले के कति शुल्क उठाइएको र छात्रवृत्तिको छनोट के कसरी भैरहेको छ भन्ने कुरको जानकारी लिन र खबरदारी गर्न अनुगमन संयन्त्र परिचालन गर्ने घोषणा गरेका हुन् । ‘स्थानीय सरकारको कार्यक्षेत्रभित्र पर्ने माध्यमिक विधालयको शुल्क निर्धारण र छात्रवृत्ति वितरणमा स्थानीय सरकारहरुले पर्याप्त पहलकदमी नलिँदा अहिले अभिभावकहरु “शैक्षिक लुट”को शिकार भैरहेका छन’, अध्यक्ष बडालले भनेका छन् । ...
0 Σχόλια 0 Μοιράστηκε 371 Views 0 Προεπισκόπηση