Patrocinado
WWW.RATOPATI.COM
सम्पदाहरूको संरक्षण गर्न सरकार गम्भीर छ : मन्त्री किराँती
बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विभिन्न सम्पदाहरूको खोजी गरी संरक्षण गर्न सरकार गम्भीर रहेको बताएका छन् । लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमा नै संरक्षण गर्नुपर्ने बताए। लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका किराँतीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताए । पुर्खाले छाडेर गएका सम्पदाहरूको खोजी गरेर सम्पदालाई सम्पदाकै रूपमा विकास गर्ने नीति सरकारले लिने मन्त्री किराँतीले रहेको बताए । उनले मन्त्रालय सम्हालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताए । ऐन नियमहरूलाई समयअनुकल बनाउन पुनर्लेखन र संशोधन गर्ने, मन्त्रालय...
Like
1
0 Comentários 0 Compartilhamentos 371 Visualizações 0 Anterior