Спонсоры
WWW.RATOPATI.COM
हुम्लाको तीनवटा गाउँ बाढी र पहिरोले घेरिए, हेलिकप्टर पठाउने तयारी
सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिका अन्तर्गत पर्ने तीन वटा गाउँ बाढी र पहिरोले घेरिएको छ । वडा नम्बर २ को रिप, ६ को जिउँसी र ८ को एउटा गाउँ गत रातिदेखिकाे अविरल वर्षाका कारण खोलामा बढेको बाढी र पहिरोले घेरिएको हो । त्यहाँका नागरिकहरू त्रासमा बसिरहेको गाउँपालिका उपाध्यक्ष चन्द्र कार्कीले जानकारी दिए । 'राति ११ बजेबाट सुरु भएको वर्षा‌ अहिलेसम्म पनि रोकिएको छैन,' उनले भने, 'रिप गाउँको वरिपरिका खोला नालाहरू बढेर गाउँ पसेका छन् भने खोलामाथि बनाइएका काठे पुलहरू बगेका छन् ।' अहिलेसम्म मानवीय क्षति अहिले नभए पनि बस्ती उच्च जोखिममा रहेकाले तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको कार्कीको भनाई छ। खोलामा रहेका काठे...
0 Комментарии 0 Поделились 331 Просмотры 0 предпросмотр