إعلان مُمول
http://metronews.kathmandu.gov.np/news/detail/18
http://metronews.kathmandu.gov.np/news/detail/18
METRONEWS.KATHMANDU.GOV.NP
काठमाडौँ महानगरमा १५६ मतदान केन्द्र, ३६३ बुथबाट मतदान हुँदै
काठमाडौँ । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौँ महानगरमा १५६ केन्द्र र ३६३ बुथबाट जनप्रतिनिधि चुनिँदै छन् । ३ लाख २ सय ४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन् । वडा नं. ३२ धेरै मतदाता हुने दोस्रो वडामा पर्छ । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । यसै गरी वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । यो धेरै मतदाता हुने तेस्रो वडामा पर्छ । वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ जना मतदाता छन् । यसै गरी वडा १८ दोस्रो थोरै मतदाता हुने वडा हो । यसमा ३ हजार ९३९ जना मतदाता छन् । वडा नं. २३ मा ४ हजार ४७७ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडामा तेस्रोमा पर्छ । वडा २० मा ४ हजार ६१४ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडाका क्रममा चौथोमा पर्छ । महानगरमा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा वुथ छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ वटा केन्द्र छन् । यसै गरी वडा १६ मा १० वटा केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडाहरुमध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन् । यी वडाहरु तेस्रोमा पर्छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ हो । यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन् । यसै गरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन् । सबैभन्दा धेरै वुथ भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा वुथ छन् । धेरै बुथ भएको तेस्रो वडा १४ हो । यस वडामा २१ वटा वुथ छन् । हेरौँ विवरण स्थानीय तह निर्वाचन २०७९मतदाता र मतदान केन्द्रको संख्या काठमाडौँ महानगरपालिका क्र. सं. वडा नं. मतदान केन्द्र वुथ संख्या मतदाता संख्या ०१. १ ३ ५ ३,७२९ ०२. २ ४ ८ ५,३८२ ०३. ३ ४ १२ १०,१५३ ०४. ४ ६ १७ १५,५५३ ०५. ५ ३ ७ ५,९९९ ०६. ६ ७ १८ १४,९६६ ०७. ७ ९ १८ १४,५३७ ०८. ८ ३ ७ ५,३५८ ०९. ९ ९ १६ १२,१३२ १०. १० ४ १३ ११,५०३ ११. ११ ४ ८ ५,९५१ १२. १२ ३ ६ ५,६९९ १३. १३ ६ १४ १२,१५९ १४. १४ ६ २१ १७,७१९ १५. १५ ६ १६ १३,०७१ १६. १६ १० २३ २०,१७५ १७. १७ ४ ९ ८,१९९ १८. १८ ३ ६ ३,९३९ १९. १९ २ ६ ५,०७४ २०. २० २ ५ ४,६१४ २१. २१ ४ ८ ६,६१५ २२. २२ ४ ९ ६,३०२ २३. २३ १ ५ ४,४७७ २४. २४ २ ६ ५,१४९ २५. २५ ४ ८ ६,६७२ २६. २६ ७ १५ ११,७५४ २७. २७ ४ ८ ५,४२१ २८. २८ ४ ६ ४,५२० २९. २९ ३ ९ ८,२६१ ३०. ३० ५ १० ८,१३९ ३१. ३१ ११ २२ १८,१०७ ३२. ३२ ९ २२ १८,९१३ जम्मा १५६ ३६३ ३,००,२४२
Love
1
0 التعليقات 0 المشاركات 561 مشاهدة 0 معاينة