काठमाडौँ महानगरमा १५६ मतदान केन्द्र, ३६३ बुथबाट मतदान हुँदै
काठमाडौँ । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौँ महानगरमा १५६ केन्द्र र ३६३ बुथबाट जनप्रतिनिधि चुनिँदै छन् । ३ लाख २ सय ४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन् । वडा नं. ३२ धेरै मतदाता हुने दोस्रो वडामा पर्छ । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । यसै गरी वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । यो धेरै मतदाता हुने तेस्रो वडामा पर्छ ।
वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ जना मतदाता छन् । यसै गरी वडा १८ दोस्रो थोरै मतदाता हुने वडा हो । यसमा ३ हजार ९३९ जना मतदाता छन् । वडा नं. २३ मा ४ हजार ४७७ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडामा तेस्रोमा पर्छ । वडा २० मा ४ हजार ६१४ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडाका क्रममा चौथोमा पर्छ ।
महानगरमा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा वुथ छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ वटा केन्द्र छन् । यसै गरी वडा १६ मा १० वटा केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडाहरुमध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन् । यी वडाहरु तेस्रोमा पर्छन् ।
सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ हो । यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन् । यसै गरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन् ।
सबैभन्दा धेरै वुथ भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा वुथ छन् । धेरै बुथ भएको तेस्रो वडा १४ हो । यस वडामा २१ वटा वुथ छन् ।
हेरौँ विवरण
स्थानीय तह निर्वाचन २०७९मतदाता र मतदान केन्द्रको संख्या
काठमाडौँ महानगरपालिका
क्र. सं.
वडा नं.
मतदान केन्द्र
वुथ संख्या
मतदाता संख्या
०१.
१
३
५
३,७२९
०२.
२
४
८
५,३८२
०३.
३
४
१२
१०,१५३
०४.
४
६
१७
१५,५५३
०५.
५
३
७
५,९९९
०६.
६
७
१८
१४,९६६
०७.
७
९
१८
१४,५३७
०८.
८
३
७
५,३५८
०९.
९
९
१६
१२,१३२
१०.
१०
४
१३
११,५०३
११.
११
४
८
५,९५१
१२.
१२
३
६
५,६९९
१३.
१३
६
१४
१२,१५९
१४.
१४
६
२१
१७,७१९
१५.
१५
६
१६
१३,०७१
१६.
१६
१०
२३
२०,१७५
१७.
१७
४
९
८,१९९
१८.
१८
३
६
३,९३९
१९.
१९
२
६
५,०७४
२०.
२०
२
५
४,६१४
२१.
२१
४
८
६,६१५
२२.
२२
४
९
६,३०२
२३.
२३
१
५
४,४७७
२४.
२४
२
६
५,१४९
२५.
२५
४
८
६,६७२
२६.
२६
७
१५
११,७५४
२७.
२७
४
८
५,४२१
२८.
२८
४
६
४,५२०
२९.
२९
३
९
८,२६१
३०.
३०
५
१०
८,१३९
३१.
३१
११
२२
१८,१०७
३२.
३२
९
२२
१८,९१३
जम्मा
१५६
३६३
३,००,२४२