Commandité
Read plus
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारी किन मारियो भन्नेबारे एमालेले खोजी गर्नुपर्ने बताएका छन् । नेकपाको हीरक जयन्तीको अवसरमा नेकपा (एमाले) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा अथिति बनेर पुगेका सभापति देउवाले यस्तो बताएका हुन् । कार्यक्रमका बीचमा प्रस्तुत गरिएको डकुमेन्ट्रीमा कांग्रेसलाई गाली गरिएको उल्लेख गर्दै उनले भने, “मदन भण्डारीलाई किन मारियो भन्नेबारे आफू खोजी गर्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने ?” अगाडि उनले भने “मदन भण्डारी कसले र किन मार्‍यो भन्नेबारे खोज्न रोकेको कसले छ, कांग्रेसले ? हुँदाहुँदा उनको ड्राईभरलाई समेत मारियो । रहस्यमय छ यो । यसबारे खोजी गर्नुपर्‍यो नि ! आफू खोजी गर्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने ? कांग्रेसलाई गाली गर्न सहज होला तर, अरु सहज छैन ।”
0 Commentaires 0 Parts 311 Vue 0 Aperçu