Sponsored
THAHAKHABAR.COM
इरानको आक्रमणपछि ८ जना इजरायलीको मृत्यु, १३० भन्दा बढी घाइते
इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ। हवाई आक्रमणको साइरनले देशभरका लाखौँ मानिसलाई आश्रयस्थानमा लुक्न बाध्य बनाएको थियो। मध्य क्षेत्रमा १० वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको र करिब एक सय जना अन्य घाइते भएको मागेन डेभिड एडोम (एमडिए) का प्रवक्ताले जानकारी दिए। सफेला क्षेत्रमा अन्य ३७ जना घाइते भएका छन्। इजरायली प्रहरीले एक्समा एउटा पोस्टमा तेल अभिव जिल्लाको मध्य तटमा भएको आक्रमणमा धेरै मानिस मारिएको र दर्जनौँ घाइते भएको पुष्टि गरेको छ।...
0 Comments 0 Shares 125 Views 0 Reviews