अमेरिकाको एक विद्यायलमा गोली चल्दा संदिग्धसहित तीन जनाको मृत्यु
काठमाडौं : अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ। गोली लागेर ६ जना घाइते भएका छन्। म्याडिसनस्थित एम्बुडेन्ट लाइफ क्रिश्चियन विद्यालयमा गोली प्रहारको घटना भएको हो। घाइते ६ मध्ये दुई विद्यार्थीको अवस्था गम्भीर बीबीसीले जनाएको छ। मृत्यु हुनेमा एक जना शिक्षक र १७ वर्षीया छात्रा छन्। गोली चलाउने व्यक्ति सोही विद्यालयका छात्र रहेको र उनी पनि मारिएको बताइएको छ। प्रहरी घटनास्थलमा पुग्नुअघि नै उनको मृत्यु भएको बताइएको छ। उनले गोली किन चलाए भन्ने खुल्न बाँकी रहेको र छानब...