नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ लाख भुटानी शरणार्थीलाई अमेरिका पठाइँदा ३०० जना नक्कली शरणार्थीलाई घुसाइएको बताएका छन्। ३०० जना नक्कली शरणार्थी घुसाइएको जानकारी आफूले पाएको र त्यसबारेमा संसद्मा बोल्ने ओलीको भनाइ छ। बिहीबार पार्टी कार्यालय च्यासलमा पार्टी केन्द्रीय कमिटीको पाँचौं केन्द्रिय बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले संयुक्त राष्ट्रसंघको संलग्नतामा अमेरिका पठाइएका भुटानी शरणार्थी सबै सक्कली नभएको बताए। त्यस विषयमा अब जेठ ४ गतेको संसद् बैठकमा आफूले तथ्य र प्रमाणसहित बोल्ने ओलीले उल्लेख गरे।
1
1 Commentarios
0 Acciones
515 Views
0 Vista previa