Sponsor

नवदुलही र रित्तो मन

0
10K

 आकांक्षाका भारी बोकेर मनभरि

सपनाको स्वर्णिम जीवन देखेर आँखाभरि
झर्न लागेका आँशुका बुँदहरूलाई,
लुकाएर आँखाभित्रै
रसिला आँखाले मुस्कुराएर
बिदा गरी
अरबको "लाहुरे" बन्न
जोस्सिएको उस्को नवदुलाहालाई ।

जीवनको रमाइलो यात्रा
अभाव विहीन जिन्दगी
त्यसमा फुल्ने मधुरम फूलहरू
उन्मुक्तताको  बतासमा उड्ने
स्वछन्द पलहरु
उसको नवदुलाहा फर्केर आएको दिन।

कल्पनामै सीमित रहे
वर्षै पिच्छे दोहोरिएका दिनरात
उषाका - किरण का पोलाईहरु
पूर्णेकाे रात को डसाईहरु।

मनसुनकाे वर्षाले पनि
नभिजेको तन लिएर
घुम्दैछे उही नवदुलही
अस्पताल अस्पतालका ढोका ढक्ढक्याउदै,
लाग्दै नलागेको  रोग बुझाउँदै
अतृप्त रित्तो मन लिएर।

उजाडिएको आफ्नो आँगन देख्दा
झस्कन्छे
विक्षिप्त उही नवदुलही
जिन्दगीको स्वर्णिम यात्रा
अभावमै पूर्ण थियो कि?
मरूभूमिमा फूल फुलाउने यात्रा
कठोर रैछ
निर्दयी रैछ !!
                      
From
वरदानका अनुभूति

विजया श्री 

Love
1
Sponsor
Căutare
Sponsor
Categorii
Citeste mai mult
Education & Training
शारीरिक रुपमा अशक्त भातृद्वय तीर्थ पौडेल अनि नारायण पौडेलको सफलता
By Bharat Updates 2023-06-06 11:18:42 0 9K
Finance
बैंक अफ इङ्गल्याण्डले मुद्रास्फीतिसँग जुध्न लगातार १२ औं ब्याजदर वृद्धि लागू गर्ने
बैंक अफ इङ्गल्याण्डले बेलायतको अर्थतन्त्रमा बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने निरन्तर...
By Yubaraj Sedai 2023-05-11 06:01:23 0 11K
Politics
How Can We Stop Supari Killings? Addressing Organized Crime and Contract Killings
Introduction Supari killings, or contract killings, are a grave issue that continues to plague...
By Bharat Updates 2024-10-13 07:52:07 0 6K
Literature & Culture
🕊️ Divine Guidance or War Manual?
A Layman’s Reflection on the Messages of the Quran, Bible, and Bhagavad Gita If God is...
By Bharat Updates 2025-05-21 05:33:13 0 5K
Sanatan Dharma
Mantra Pushpam
  Fragrance of Mantras Different energy systems were understood and known to the...
By Santosh Sedai 2023-06-08 13:13:58 0 13K