Спонсоры

नवदुलही र रित्तो मन

0
9Кб

 आकांक्षाका भारी बोकेर मनभरि

सपनाको स्वर्णिम जीवन देखेर आँखाभरि
झर्न लागेका आँशुका बुँदहरूलाई,
लुकाएर आँखाभित्रै
रसिला आँखाले मुस्कुराएर
बिदा गरी
अरबको "लाहुरे" बन्न
जोस्सिएको उस्को नवदुलाहालाई ।

जीवनको रमाइलो यात्रा
अभाव विहीन जिन्दगी
त्यसमा फुल्ने मधुरम फूलहरू
उन्मुक्तताको  बतासमा उड्ने
स्वछन्द पलहरु
उसको नवदुलाहा फर्केर आएको दिन।

कल्पनामै सीमित रहे
वर्षै पिच्छे दोहोरिएका दिनरात
उषाका - किरण का पोलाईहरु
पूर्णेकाे रात को डसाईहरु।

मनसुनकाे वर्षाले पनि
नभिजेको तन लिएर
घुम्दैछे उही नवदुलही
अस्पताल अस्पतालका ढोका ढक्ढक्याउदै,
लाग्दै नलागेको  रोग बुझाउँदै
अतृप्त रित्तो मन लिएर।

उजाडिएको आफ्नो आँगन देख्दा
झस्कन्छे
विक्षिप्त उही नवदुलही
जिन्दगीको स्वर्णिम यात्रा
अभावमै पूर्ण थियो कि?
मरूभूमिमा फूल फुलाउने यात्रा
कठोर रैछ
निर्दयी रैछ !!
                      
From
वरदानका अनुभूति

विजया श्री 

Love
1
Спонсоры
Поиск
Спонсоры
Категории
Больше
News
आजका २० मुख्य समाचार - १० अक्टोबर २०२४
आजका २० मुख्य समाचार - १० अक्टोबर २०२४ १. बडादशैंको सप्तमीमा फुलपाती मनाइँदै नेपालभर आज...
От Nepal Updates 2024-10-10 05:31:47 0 3Кб
Poetry
नवदुलही र रित्तो मन
 आकांक्षाका भारी बोकेर मनभरि सपनाको स्वर्णिम जीवन देखेर आँखाभरिझर्न लागेका आँशुका...
От Yubaraj Sedai 2023-10-07 07:02:42 0 9Кб
Poetry
Amazing words from Dr Gaurav Pradhan
...इतना कुछ होते हुए भीशब्दकोश में असंख्य शब्द होते हुए भी......मौन होना सब से बेहतर है। ...
От Bharat Updates 2024-04-30 05:44:26 0 5Кб
News
पूर्व सांसद पूर्व विधायक तथा असम गोर्खा सम्मेलनका पूर्व अध्यक्ष प्रयात मणि कुमार सुब्बाको चौथो वार्षिक पुण्य मृत्यु तिथि पालन
  प्रयात मनि कुमार सुब्बाको पुण्य मृत्यु तिथि सँग मेल राख्दै लखिमपुरको हारमतिमा आयोजना...
От Bharat Updates 2023-05-28 15:36:28 0 8Кб
Medicine & Ayurveda
Cow urine increases immunity and can cure cancer
In recent years, there has been a lot of controversy surrounding the use of cow urine in...
От Yubaraj Sedai 2023-04-13 05:38:42 0 12Кб