Sponsorluk

बालबालिकालाई अनुशासन कसरी सिकाउने ?

0
13K

हामी सबैलाई थाहा छ बच्चाहरू देशको भविष्य हुन् र उनीहरु भित्रनै देशको नेता र करदाताहरू हुनेछन्।
अनुशासित समाजले ठूलो उचाइ हासिल गर्न सक्छ र सुखी समाजको रूपमा बाँच्न सक्छ।

त्यसोभए अनुशासित नागरिक कसरी बनाउने ? यो जिम्मेवारी कसको हो ?

अनुशासन मानव जातिको रिफ्लेक्स कार्यसँग गहिरो रूपमा जोडिएको छ। रिफ्लेक्स कार्य समय संगै विकसित हुन्छ र गहिरो रुपमा मस्तिष्कमा असर गरेको हुन्छ । त्यसैले समाजले अनुशासित बालबालिकाहरू सिर्जना गर्न मद्दत गर्न सबै विकल्पहरू खोज्नुपर्छ। बालबालिकाहरुले मुख्यत तिन ठाउँ बाट अनुसासन सिक्दछन :

१. परिबार 
२. बिद्यालय 
३. समाज 

यदि ई तिन ठाउँमा सबैले परस्पर सहयोग गर्ने हो भने अनुसासन सजिलै सिकाउन सकिन्छ। जस्तै उदहारण को लागि , बिद्यालयमा यदि सिक्छकहरुले हरेक दिन बचाहरुले नङ , दात, कपाल, लुगा इत्यादी सफा सँग आएको छ या छैन, चेक गर्ने हो भने , तिनै बालबालिकाहरुले घर गएर आफै स्वत ति कामहरु गर्दछन। 
मलाई यस किसिमको परस्पर कार्य बिद्यालय र परिवार बीच घट्दै गएको या नभएको अनुभूति हुदै आएको छ। 

बिद्यालय र परिवार बीच बालक वा बालिकालाई कसरि सहि जीवन सैली सिकाउने एक ढाँचा हुनुपर्दछ। तर एस्तो हुन बाट हाम्रा भाबी पिडिहरु बंचित भएको मैले पाएको छु।  एसको एउटै मात्र मुख्य कारण बिभिन्न धर्मका आफ्ना आफ्नै तौर तरिका हो जस्तो मलाई लाग्दछ। धर्मकै कारण ले बिद्यालय पनि परिवार सँग को परस्पर कार्य बाट टादिदै गएको होला जस्तो मलाई लाग्दछ। 

समाजमा हाल निकै प्रकारका परिवारहरु भएकाले समाजले पनि अरुका बालबालिकाहरुले गरेका नराम्रा कार्यहरुलाई नजरअन्दाज गर्दै आएको अनुभूति हुदै आएको छ।  यो निकै डरलाग्दो भबिस्यको सुरुवात हुने मैले देखेको छु। जब सानैमा गल्तीलाई सबैले एक सोर मा गलत भनिदैन तब उनीहरुको हौसला झन् झन् बढ्दै जान्छ र केहि बर्समै उ एक असामाजिक तत्वको रुपमा समाजमा नराम्रा घटना गर्ने व्यक्ति हुन सक्दछ। 

बहुजातीय समाजको ब्रिधि संग संगै यो समस्या झन् झन् बढ्दै जाने मैले देखेको छु।  कसको छोरा वा कसको छोरी मैलै के मतलब भन्ने सोचले एकदिन तपाईं हामि सबैलाई दुख दिने पक्का देखिन्छ।  

बेलैमा सचेत भएर भाबी समस्याको हल अहिले देखिनै सुरु गरे भबिस्यको समाज सुरक्छित हुने थियो ! १६ बर्सको उमेर सम्म बालबालिकाहरुको - बिद्यालयले नै अनुसासन को जिम्मा लिने र परिवार अनि समाजलाई आफ्नो आफ्नो कर्तब्य पालन गर्न निर्देस दिनु जरुरि देखिन्छ। सरकाले देश भरि एकैकिसिमको अनुसासन रूपरेखा बनाउने र १६ बर्सको उमेर सम्म एसको पालन गराउने जिम्मा बिध्यलायालाई निर्धारित गर्नु जरुरि देखिन्छ। 

अनुशासित समाज नै विकास उन्मुख समाज हुन्छ।

 

Like
Love
2
Sponsorluk
Site içinde arama yapın
Sponsorluk
Kategoriler
Read More
Astrology & Vedic Science
नक्षत्र, नक्षत्र मास, तथा सभी 27 नक्षत्रों के नाम व विशेषताएँ 
    1.  वैदिक ज्योतिष शास्त्र में ग्रह-नक्षत्रों की चाल का विशेष महत्व होता...
By dununu desk 2024-05-22 05:22:04 0 11K
Science & Technology
The Downward Spiral of Web3 And how we’re correcting it. Arie Trouw
Web3 is being built wrong. Yes, I said it. The current trajectory of Web3 and blockchain...
By Yubaraj Sedai 2023-12-11 11:31:29 0 11K
News
भारत की राष्ट्रपति, श्रीमती द्रौपदी मुर्मु का 78वें स्वतन्त्रता दिवस की पूर्व संध्या पर राष्ट्र के नाम संदेश
नई दिल्ली : 14.08.2024 मेरे प्यारे देशवासियो, मैं आप सभी को स्वतन्त्रता...
By Bharat Updates 2024-08-14 18:49:28 0 8K
News
Latest News: September 22, 2024
1. PM Oli Calls for Compensation from Carbon Emitting Countries Prime Minister KP Sharma Oli...
By Nepal Updates 2024-09-22 06:23:41 0 8K
Politics
TIME's Timeless Agenda
TIME's timeless Agenda (Thread) You can Follow @StarBoy2079 on X(former Twitter). How Deep...
By Bharat Updates 2024-01-08 09:54:08 0 10K