Спонсоры

चिन्तन श्रृङ्खला By Mohan Sitoula

0
11Кб

चिन्तन श्रृङ्खला

आसुरी, तामसी भाव विश्व्यापी भए पछि
धर्मको नाममा सारा काटमार भए पछि
सृष्टिको भित्रको ईश सत्य तत्व छिपे पछि
ज्ञान-विज्ञान आफैमा विपरित भए पछि
परास्त हुन्छु हे शम्भो ! कसरी सत्यमा पुगूँ !
ईश तत्व म भित्रै रे ! कसरी ब्रह्म त्यो चुमू ?
 
युगानु युग ब्युँझाई तमान्धबाट ज्योतिमा
कखरा युगका नव्य बर्णमाला नयाँनयाँ
देखाएर , चिनाएर सत्यधर्म सनातन
मान्छे आफैं अहं ब्रह्म शान्त, शालीन, उत्तम
करुणा, प्रेम, सद्भाव बहाउँछ जहाँतहाँ
मानवी ईशको तत्व भित्र हुन्छ जनार्दन ।
 
कल्पना स्वस्थ जप्दै र प्रतिभा तीब्र लाउँदै
समष्टि सृष्टिको भित्र व्यष्टिको तत्व पाउँदै
परमाणु छ चम्केको, ‘क्वान्टम’ भन्दछन् यिनी
 ॐम्कार बीज छुट्याई अथवा ऐक्य हेरूँ म   
नाद निनाद वा श्वास, प्रश्वास, दिल धड्कन
आलोकप्रतिको चेत, चेतनाको प्रकाशमा
 
कति गम्भीर नै छू म ? भित्र भित्रै उदाउन !
आँखा चिम्लिएको अन्ध—प्रकाश भित्र हेरूँ म
भौतिकी यन्त्र भित्रैमा देखी, छामी, विचारूँ म
अध्यात्म ज्योति बालेर सम्वेदनात्म बालूँ त्यो
मानवी दिव्यता भित्र झल्किने भाव ईश हो !

Mohan Sitoula

Спонсоры
Поиск
Спонсоры
Категории
Больше
News
रवि लामिछाने र गोकुल बाँस्कोटाको भाइरल तस्बिर
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
От Nepal Updates 2023-05-20 06:18:41 0 10Кб
Sanatan Dharma
ॐ लाई नेपाली शव्दकोष बाट हटाउन चाहने लाटो देशका गाँडा तन्नेरी नेपाली विज्ञ
ॐ लाई नेपाली शव्दकोष बाट हटाउन चाहने लाटो देशका गाँडा तन्नेरी नेपाली विज्ञ....Oxford English...
От Yubaraj Sedai 2023-09-30 20:35:12 0 12Кб
Sanatan Dharma
देशी गाय का महत्व
अज्ञात युगों से देसी मवेशी सनातन जीवन शैली का हिस्सा रहे हैं। इसने मानव जाति को खेतों में हल...
От Yubaraj Sedai 2023-05-06 07:46:49 0 11Кб
Personal
Triumph Against Adversity: A Real Story
Introduction:My name is Kapil Sharma, and Triumph Against Adversity tells the captivating story...
От Yubaraj Sedai 2023-06-21 06:08:18 0 14Кб
Moral Stories
Panchatantra Moral Stories!
  Panchatantra Stories:      ...
От Timeless Moral Stories 2024-10-03 04:00:19 0 6Кб