Patrocinado

एक चिन्तन

1
11KB

आसुरी, तामसी भाव विश्व्यापी भए पछि

धर्मको नाममा सारा काटमार भए पछि

सृष्टिको भित्रको ईश सत्य तत्व छिपे पछि

ज्ञान-विज्ञान आफैमा विपरित भए पछि

परास्त हुन्छु हे शम्भो ! कसरी सत्यमा पुगूँ !

ईश तत्व म भित्रै रे ! कसरी ब्रह्म त्यो चुमू ?

 

युगानु युग ब्युँझाई तमान्धबाट ज्योतिमा

कखरा युगका नव्य बर्णमाला नयाँनयाँ

देखाएर , चिनाएर सत्यधर्म सनातन

मान्छे आफैं अहं ब्रह्म शान्त, शालीन, उत्तम

करुणा, प्रेम, सद्भाव बहाउँछ जहाँतहाँ

मानवी ईशको तत्व भित्र हुन्छ जनार्दन ।

 

कल्पना स्वस्थ जप्दै र प्रतिभा तीब्र लाउँदै

समष्टि सृष्टिको भित्र व्यष्टिको तत्व पाउँदै

परमाणु छ चम्केको, ‘क्वान्टम’ भन्दछन् यिनी

  म्कार बीज छुट्याई अथवा ऐक्य हेरूँ म 

नाद निनाद वा श्वास, प्रश्वास, दिल धड्कन

आलोकप्रतिको चेत, चेतनाको प्रकाशमा

 

कति गम्भीर नै छू म ? भित्र भित्रै उदाउन !

आँखा चिम्लिएको अन्ध—प्रकाश भित्र हेरूँ म

भौतिकी यन्त्र भित्रैमा देखी, छामी, विचारूँ म

अध्यात्म ज्योति बालेर सम्वेदनात्म बालूँ त्यो

मानवी दिव्यता भित्र झल्किने भाव ईश हो !

Patrocinado
Pesquisar
Patrocinado
Categorias
Leia mais
Education & Training
Did Acharya Kanada describe atomic theory 1000s of years before John Dalton?
Modern science credits the atomic theory to an English chemist and physicist named John...
Por Yubaraj Sedai 2022-07-17 20:10:43 0 15KB
Poetry
कोरोना युगलाई पल्टाउनु छ ।
  गंगा देवी उप्रेती  चीनको गे्रटवालले पनि छेक्न सकेनइटालीको पिसाको लेनिङ्ग टावरले पनि...
Por Ganga Uprety 2023-12-14 12:48:07 1 11KB
Education & Training
Question Leak Issues in Indian Examinations
प्रश्न पत्र लीक की समस्याओं को हल करने के लिए भारतीय सरकार को सलाह परिचय प्रश्न पत्र लीक...
Por Bharat Updates 2024-06-20 05:44:05 0 7KB
Personal
पत्रकार टीकाराम यात्रीलाई अमेरिकाबाट कवीन्द्र सिटौलाको विशेष पत्र
आदरणीय टीकाराम यात्रीज्यू, नमस्कार ! हाम्री ९४ वर्षकी ममतामयी मुमा मनमाया सिटौलासँग तपाईँको...
Por Voice Of Kabin 2024-01-09 16:17:21 0 12KB
Sanatan Dharma
खाना कसरी खाने ? हरिप्रसाद सोडारी
खाना नै जीवनको आधार हो। जसले प्राणलाई सञ्चार गराउँछ, प्राणीलाई बचाउँछ, जीवलाई जीवन दिन्छ।...
Por Yubaraj Sedai 2023-05-24 06:09:47 1 12KB