Sponsor

एक चिन्तन

1
11K

आसुरी, तामसी भाव विश्व्यापी भए पछि

धर्मको नाममा सारा काटमार भए पछि

सृष्टिको भित्रको ईश सत्य तत्व छिपे पछि

ज्ञान-विज्ञान आफैमा विपरित भए पछि

परास्त हुन्छु हे शम्भो ! कसरी सत्यमा पुगूँ !

ईश तत्व म भित्रै रे ! कसरी ब्रह्म त्यो चुमू ?

 

युगानु युग ब्युँझाई तमान्धबाट ज्योतिमा

कखरा युगका नव्य बर्णमाला नयाँनयाँ

देखाएर , चिनाएर सत्यधर्म सनातन

मान्छे आफैं अहं ब्रह्म शान्त, शालीन, उत्तम

करुणा, प्रेम, सद्भाव बहाउँछ जहाँतहाँ

मानवी ईशको तत्व भित्र हुन्छ जनार्दन ।

 

कल्पना स्वस्थ जप्दै र प्रतिभा तीब्र लाउँदै

समष्टि सृष्टिको भित्र व्यष्टिको तत्व पाउँदै

परमाणु छ चम्केको, ‘क्वान्टम’ भन्दछन् यिनी

  म्कार बीज छुट्याई अथवा ऐक्य हेरूँ म 

नाद निनाद वा श्वास, प्रश्वास, दिल धड्कन

आलोकप्रतिको चेत, चेतनाको प्रकाशमा

 

कति गम्भीर नै छू म ? भित्र भित्रै उदाउन !

आँखा चिम्लिएको अन्ध—प्रकाश भित्र हेरूँ म

भौतिकी यन्त्र भित्रैमा देखी, छामी, विचारूँ म

अध्यात्म ज्योति बालेर सम्वेदनात्म बालूँ त्यो

मानवी दिव्यता भित्र झल्किने भाव ईश हो !

Sponsor
Căutare
Sponsor
Categorii
Citeste mai mult
Health & Fitness
Cloves: Not Just for Taste and Aroma but also Health
Cloves, known for enhancing the taste and aroma of food, are not just culinary delights but also...
By Bharat Updates 2024-04-07 12:33:36 0 20K
News
पूर्वराजालाई ओलीको चेतावनी : छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न...
By Nepal Updates 2023-04-27 12:31:20 0 10K
Natural Disaster
दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५
९ वैशाख, काठमाडौँ । दक्षिण अफ्रिकाको क्वाजुलु(नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक...
By Yubaraj Sedai 2022-04-22 10:22:37 1 14K
Political Leaders
Leaders
Leaders, not mere guides on life's road,They craft visions that in hearts are sowed,Not bus...
By Yubaraj Sedai 2023-09-16 06:09:52 0 13K
Motors & Vehicles
How to Protect Your Car from Keyless Car Theft
Keyless entry technology has become increasingly popular in new cars today, providing drivers...
By Yubaraj Sedai 2023-05-05 12:02:01 0 12K