Спонсоры

नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर किन नराख्ने ?

0
12Кб

नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्छ भन्ने विचार सबै किसिमले सही हो भन्ने तर्कको साथ याहाँ राख्न कोशिस गर्रिएको छ । अन्तराष्ट्रिय शक्ति राष्ट्र अमेरिका छिमेकी राष्ट्रहरू चीन र भारतले उनीहरूका नोटमा राखेका व्याक्तिmहरू र उनीहरूको योगदानसँग हाम्रा राष्ट्रनिर्माताको योगदानलाई तुलना गरेको खण्डमा लाग्छ हामीले हाम्रा राष्ट्रनिर्माताको तस्बिर नेपालको नोटमा राख्न धेरै ढिलो गरेछौं । अब यो गल्तिलाई सच्याउने उचित समय भएको छ । अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले अंग्रेजलाई अमेरिकाबाट निकाले । त्यस्तै भारतमा महात्मा गान्धीले पनि भारतबाट अङ्ग्रेजलाई निकाल्ने आन्दोलनको नेतृत्व गरे । उता चीनमा माओले पनि जापानबाट चीनलाई मुक्त गरे । समानता के हो भने यी तिनैजना नेताहरूले आ आफ्नो देशबाट विदेशी शक्तिलाई निकालेर देशवासीलाई ठूलो गुन लगाए । उनीहरूले आफ्नो देशलाई यति ठूलो गुन लगाएकाृेले देशले उनीहरूको सम्मानमा उनीहरूको फोटो आप्mनो देशको नोटमा राखेर कृतज्ञाता जाहेर गरो अर्थात योगदानको मुल्याङ्कन र सम्मान भयो । उता सम्मान भयो । यता नि ? अव हामी यतातिर लागौं ।

नेपाल एकीकरण गर्ने क्रममा अघि बढिरहेका पृथ्वीनारायण शाहलाई रोक्न र नेपाल कब्जा गर्ने दीर्घकालिन रणनीतिकोसाथ नेपाल पसेका अङ्ग्रेज सेनालाई उचित समयमा उचित स्थानमा उचित निर्णय र उचित तरिकाले आक्रमण गरेर पृथ्वीनारायण शाहले नेपालमा पाइला टेक्नै दिएनन् । यदि पृथ्वीनारायण अङ्ग्रेज सेनालाई धपाउन असफल भएका भए उ नेपालमा जम्ने थियो र नेपालको एकीकरण सम्भव हुने थिएन । राजनीति मान चित्रमा नेपाल भन्ने स्वतन्त्र देश र नेपाली नागरिकको कुनै अस्तित्व रहने थिएन । यसकारण पनि यो विजय नेपाल र नेपालीको लागि ज्यादै महत्वका विजय हो ।

माथि उल्लेख गरिएका तीन देश अमेरिका, भारत र चीनका नेताहरू क्रमश जर्ज वासिङटन, महात्मा गान्धी र माओ चे तुङ्गले विदेशी शक्तिलाई धपाए जस्तै पृथ्वीनारायण शाहले पनि विदेशी शक्तिलाई पाइला टेक्न नदिुई धपाए र आप्mनो मुलुकलाई गुलाम हुनबट बचाए । यस हिसाबले हेर्दा पनि समान काम गर्ने नेताले समान सम्मान पाउनु पर्ने होइन र ?विदेशी खेदेर आप्mनो देशलाई स्वतन्त्रता दिने ती नेताहरू जस्तै स्वतन्त्रताकाृे आधार सुनिश्चत गर्ने पृथ्वीनारायण शाहको पनि नेपाली नोटमा तस्बिर धेरै पहिला नै राखिनुपर्ने होइनर ? माथि उल्लेख गरिएका तीन नेताले नगरेको अझ बढि महत्वको राष्ट्र निर्माण अर्थात मुलुकको एकीकरण समेत पृथ्वीनारायण शाहले गरेको हुनाले पनि नेपालको नोटमा राष्ट्रनिर्माताको तस्बिर नराख्नु पर्ने कुनै कारण छैन । नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखेर नेपालले अन्तराष्ट्रिय जगतलाई नेपाल कृतघ्नहरू बसोबास गर्ने देश नभएर कृतज्ञहरू बसोबास गर्ने देश हो भन्ने स्पस्ट सन्देश दिनु पर्दछ ।

पृथ्वीनारायण शाहाको सम्मान भनेको राष्ट्रनिर्माताको मात्र सम्मान होइन प्राचीन नेपालका सबै गौरवहरूको समेत सम्मान हो । पृथ्वीनारायण भन्दा पहिला विशाल नेपाल बनाउने किराँत राजा यलम्बर हुन या लिच्छवी राजा अंशुवर्मा, मानदेव हुन् या मल्ल वंशका यक्ष मल्ल आदि सबै महान राजाहरूको समेतको नेपाली नोटमा राखिएको पृथ्वीनारायणको तस्बिरले सम्मान गर्दछ । किनभने पृथ्वीनारायण शाह ती सबैका विरासत हुन । पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत नेपालले प्राचीन नेपाललाई आधुनिक नेपालसँग जोडेर नेपालको नयाँ इतिहास मात्र रचना गरेन बरु प्राचीन इतिहासलाई नविन इतिहाससँग जोडेर प्राचीन गौरवमय इतिहासलाई समेत नेपालको सम्पति बनायो ।

पृथ्वीनारायण शाहले जुन भुगोललाई नेपालको राजनीति सिमाना भित्र बाँधे त्याहाँ हाम्रा गौतम बुध्द जन्मेको अर्थात बुध्द जन्मभुमि लुम्बिनीका गौरव गर्न पाउने भाग्यमानी नेपाली हुन पायौँ हामी । जुन सिमानाले विश्वको शिखर सगरमाथा भनेर गर्व गर्न दियो नेपाललाई । पृथ्वीनारायण शाहको नेपाली नोटमा राखिएको तस्बिरले हाम्रा यी सबै गौरवहरूको सम्मान गर्दछ । नेपालको नोटमा सगरमाथाको चित्र राखिएको छ । तर जसरी पृथ्वीनारायणको चित्रले बहु र व्यापक क्षेत्रको प्रतिनिधित्व गर्दछ इतिहास र सम्मान बोक्दछ सगरमाथाले यी सबै क्षेत्रको प्रतिनिधित्व गर्न सक्दैन । नेपालमा जन्मेर नेपाललाई विशाल बनाएर नेपाली माटोमा नै देह त्याग गरेका संसारलाई देखाउन सक्ने कुनै नेपाली महापुरुको मुहार हो भने त्यो पृथ्वीनारायण शाहकै मुहार हो ।

पृथ्वीनारायण व्याक्ति होइन सँस्था हो । त्यो सँस्थालाई नेपाली नोटमा सम्मान गर्दा एकैपल्ट धेरै व्याक्ति शक्ति जुक्ति अभियान सभ्यता संस्कृति र सौर्य आदि समेतको पनि सम्मान हो अर्थात हुन्छ । पृथ्वीनारायण शाह नेपालका प्रथम साम्राज्यवाद बिरोधि योद्घा र बिजेता हुन् । उनी दरबारका राजा मात्र थिएनन् तरबार बोकेर युद्घ मैदानमा भिड्ने सिपाही पनि थिए । पृथ्वीनारायणको सम्मान भनेको आदि नेपाली साम्रज्यवाद बिरोधि योद्घा र विजेताको पनि सम्मान हो । यस्तो उदाहरण दक्षिण एसियामा नै छैन । पृथ्वीनारायण शाह दक्षिण एसियाकै पराक्रमी योद्घा बिजेता सिपाही र नेता हुन् । त्यसैले उनको सम्मानमा नेपाली नोटमा उनको तस्बिर राखेर नेपालको मात्रै होइन दक्षिण एसियाकै गौरवलाई सम्मानित गरिएको मानिनेछ ।

पृथ्वीनारायणको सम्मान आफैमा युद्घ मैदानमा भिड्ने बहादुर सिपाहीको समेत सम्मान हो । किनभने पृथ्वीनारायण शाह स्वयं तरबार बोकेर युद्घ मैदानमा भिड्ने बहादुर सिपाही थिए भनेर माथि नै भनिएको छ । बहादुर गोरखाली जुन नेपाली सौर्यको अन्तराष्ट्रिय ब्राण्ड बनेको छ त्यो ब्राण्डका प्रतिनिधि नायक पृथ्वीनाराण नै हुन् । तसर्थ पृथ्वीनारायणको सम्मान भनेको नेपाली सौर्यको सम्मान पनि हो । पृथ्वीनारायण शाह बिसे नगर्चीहरू पनि हुन् बंश गुरुङहरू पनि हुन् । त्यसैले पृथ्वीनारायणको तस्बिरमा विसेहरू पनि छन् बंशहरू पनि छन् यो उनीहरूको पनि सम्मान हो । नेपाल एकीकरण विचार र योगदानमा पृथ्वीनारायण संझन र बुभ्mन सकेको खण्डमा नेपाली नोटमा नेपालका गौरव पृथ्वीनारायणको तस्बिर धेरै पहिल्यै राखिएको हुनुपर्ने थियो । हिजोका हरेक गल्तिलाई सच्याउने आजको दाइत्व हो । आज इमान्दारी र जिम्मेवारीबाट उम्कन पाउने छैन । अब पृथ्वीनारायण बारे कुनै पनि बाहना र कुनै पनि कृतिम लान्छना अक्षम्य हुने छन ! अस्वीकार्य हुनेछन् । पृथ्वीनारायण शाहा राजाका पनि राजा थिए, बडाबहाराजाधिराज । तर उनी जहिल्यै पद भन्दा माथि हुन् । उनी नेताका पनि नेता हुन् बडानेता ।

उनी दुरद्रष्टा हुन् योनजकार र विचारक हुन् । उनी महत्वकांक्षी हुन् साहसी बहादुर र उच्च मनोबल पनि हुन् । उनी संगठक हुन् साझा नेता र साझा सपना पनि हुन् । उनी नेपालक हिजो हुन् आज हुन् र भोली पनि हुन् । उनी गोरखा नामको गमालामा मात्र सिमित भएर रमाउन चाहेनन् विशाल नेपाल नामको पूmलबारी भएर पूmल्न चाहे । उनले यो मेरो पूmलबारी भनेर सामन्ति अहंकार देखाएनन् बरु विनम्र नेता भएर यो सबै जातको साझा पूmलबारी हो उद्घोस गरिदिए । र निर्देशन दिए थामेर खाउ जनतालाई जिम्मा दिए । पृथ्वीनारायणसंगै नेपाली सभ्यता उभिन्छ नेपाली प्रकृति र संस्कृति पनि उभिन्छ । उनको उठेको चोर अम्लाले एकताकोसाथ एक ढिका भएर उठ नेपाली माथि माथि उठ भन्छ । खबरदार सबै विकृतिलाई प्रहार गर्ने पृथ्वीविचारको हतियार पनि छ भन्छ ।

जुनै कोणले हेर्दा पनि नेपालको नोटमा पृथ्वीनारायणको तस्बिर राख्नु नपर्ने कुनै कारणै छैन । हिजो उनको मुकुट ओढ्ने उत्तराधिकारीले यसको महत्व नबुझेर नेपाली नोटमा राष्ट्रनिर्माताको तस्बिर राखेनन् भन्दैमा परिवर्तनले यो ऐतिहासिक गल्तिलाई नसच्याउनु पर्ने होर ? ऐले राज्यले यो गल्ति सच्याउने उचित समय हो । २०७८ साल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तीनसयौं जन्म जयन्ती हो । यही विशेष सुअवसरमा नेपाल सरकारले नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्ने ऐतिहासिक निर्णय गरेर राष्ट्र बैंकलाई निर्देशन गरोस् । वर्तमान प्रधानमन्त्री केपी वली पृथ्वीनारायणको महत्व बुभ्mने नेतामा पर्दछन् ।

उनले प्रधानमन्त्रीको हैसियतले पृथ्वी जयन्तीमा सन्देश दिएका छन् । उनकै सुझाव बमोजिम चन्द्रगिरीमा पृथ्वीनारायणको सालिक खडा गरिएको छ । राष्ट्रपति विद्या भण्डारी पृथ्वी जयन्तीको दिन पुष २७ गते सिंहदरबार सामुन्नेको पृथ्वीनारायणको सालिकमा माल्यर्पण गर्ने राष्ट्राध्यक्ष हुन् । यी सबै अनुकुलता, राष्ट्रिय महत्व आवश्यकता बुझेर प्धानमन्त्री केपी वलीले ऐतिहासिक र साहसिक निर्णय गरुन् । नेपाल र नेपाली भएकोमा गौरव गर्ने सबै नेपालीले यो ऐतिहासिक निर्णयको खुलेर स्वागत गर्नेछन् । सबै नेपालीले नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायणको तस्बिर भएकै बोक्न र चलाउन चाहेका छन् । सरकार राष्ट्रनिर्मातालाई तीनसयौं जन्म जयन्तीको उपलक्षमा उनको तस्विर नेपाली नोटमा राखेर विशेष उपहार दिएर विशेष किसिमले सम्मान गर ।

Спонсоры
Поиск
Спонсоры
Категории
Больше
News
Top News Headlines - September 26, 2024
1. PM Modi Inaugurates Pune Underground Metro Prime Minister Narendra Modi inaugurated Pune's...
От Bharat Updates 2024-09-26 04:40:58 0 6Кб
Sanatan Dharma
Veda -  The enigma of the greatest source of knowledge on the earth 
🔆 A visual introduction 1. Vedas are a mathematical structure more than being a theological...
От Yubaraj Sedai 2024-02-07 06:35:11 0 11Кб
Jokes & Humour
Jokes that makes you smile
1. The Taxi Passenger A man gets into a taxi and says, "To the airport, please."Halfway there,...
От Jokes & Humour 2024-09-29 06:14:42 0 8Кб
Sanatan Dharma
Gita Gyan
𝐒𝐡𝐥𝐨𝐤𝐚 : 𝟏𝟖.𝟏𝟗 𝑗𝑛̃𝑎̄𝑛𝑎𝑚̇ 𝑘𝑎𝑟𝑚𝑎 𝑐𝑎 𝑘𝑎𝑟𝑡𝑎̄ 𝑐𝑎 𝑡𝑟𝑖𝑑ℎ𝑎𝑖𝑣𝑎 𝑔𝑢𝑛̣𝑎-𝑏ℎ𝑒𝑑𝑎𝑡𝑎ℎ̣ 𝑝𝑟𝑜𝑐𝑦𝑎𝑡𝑒...
От Santosh Sedai 2023-05-26 08:54:28 0 13Кб
News
Latest News: September 23, 2024
1. PM Oli Calls for Global Action at UN Summit Prime Minister KP Sharma Oli addressed the...
От Nepal Updates 2024-09-24 03:43:43 0 6Кб