إعلان مُمول

गौशालाको संरचना नभत्काउने राष्ट्रिय एकता अभियानको चेतावनी

0
12كيلو بايت

बारा। राष्ट्रिय एकता अभियानले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ स्थित गौशालाको संरचना भत्काउन लागेको भन्दै त्यसको विरोध गरेको छ।

अभियानका अध्यक्ष विनय यादवले शनिवार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गौशालाको संरचना भत्काउने निर्णयबाट पछि नहटे त्यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवार स्वयम उपमहानगर हुने चेतावनी दिएका छन् ।

अतिक्रमणको बहानामा वर्षौँदेखि सञ्चालनमा रहेको हिन्दु धर्मावलम्बीहरूको धरोहर (गौशाला) भत्काउन खोज्नुले जनप्रतिनिधिमा धार्मिक असहिष्णुता देखिएको विज्ञप्तिमा उल्लेख छ।

‘उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै आइतबार बिहान १० बजेदेखि गौशालाका संरचनामा डोजर लगाउने जानकारी गराएपछि वीरगन्ज जीतपुर गौशाला नामक संस्थाले घर टहरा भत्काउने कार्यमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको पाइएको छ’ विज्ञप्तिमा भनिएको छ–‘जिल्ला प्रशासन कार्यालयले दुई पक्षबीच छलफल गराई आवश्यक कार्य गर्ने भनी उपमहानगरपालिकालाई पत्राचार गरेपछि नगर प्रमुख राजन पौडेलले उल्टै जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारलाई स्वीकार नगरेको र भू माफियाको समर्थन गरेको भन्दै धम्कीपूर्ण विज्ञप्ति जारी गरेका छन्।’

वीरगन्ज जीतपुर गौशाला नामक संस्थाले २०२२ सालभन्दा अगाडीदेखि सञ्चालन गरेको गौशाला हटाउन सुनियोजित रूपमा स्वामित्वको विवाद झिकिएको र नेपाललाई धर्मका नाममा विभाजित गरी स्वार्थपूर्ति गर्न खोज्ने गिरोहको इसारामा जनप्रतिनिधिहरू फसेको विभिन्न घटना क्रमले पुष्टि गरेको पनि विज्ञप्तिमा जनाइएको छ।

‘गौशाला हटाएर स्वार्थ समूहको गुलामी गर्ने भन्दा पनि विकल्पहरू खोजेर हिन्दुहरूको आस्थासँग जोडिएको गौशालाको व्यवस्थापनका लागि हामी जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा अगाडि भनिएको छ–‘यस विपरीत जबरजस्ती गौशाला हटाउने दुष्प्रयास भए त्यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवार सम्बन्धित निकाय नै हुने जानकारी गराउँदछौ।’

إعلان مُمول
البحث
إعلان مُمول
الأقسام
إقرأ المزيد
Personal
द ग्रेटर रीडिंग समाजको बोर्नमौथ भ्रमण
२६ जुन, लणडन । द ग्रेटर रीडिंग समाजको  पहलमा समुन्द्री टट  भिजिट सम्पन्न भएको छ । दुई...
بواسطة Yubaraj Sedai 2022-06-26 11:55:41 1 15كيلو بايت
Sanatan Dharma
खाना कसरी खाने ? हरिप्रसाद सोडारी
खाना नै जीवनको आधार हो। जसले प्राणलाई सञ्चार गराउँछ, प्राणीलाई बचाउँछ, जीवलाई जीवन दिन्छ।...
بواسطة Yubaraj Sedai 2023-05-24 06:09:47 1 12كيلو بايت
Poetry
Forging Worth: The Iron's Journey
In the realm of iron's humble chip,Where worth begins with a modest grip,At 250 rupees, its value...
بواسطة Yubaraj Sedai 2024-02-17 08:39:09 0 10كيلو بايت
Sanatan Dharma
The Relevance of Sanatan Dharma: A Call for Unity and Wisdom
Introduction When the world began, organized religion as we know it today did not exist....
بواسطة Yubaraj Sedai 2023-05-17 20:46:25 2 17كيلو بايت
Poetry
My beloved sister❤️ Happy birthday in heaven🎂
In the depths of my heart, a cherished name,My dear Bunu, forever in my flame.Wherever you...
بواسطة Rachana Sitoula 2023-06-08 12:12:34 1 14كيلو بايت