Patrocinado

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको घोषणा

0
11K

काठमाडौं। सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही बैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रु छ लाख र अन्य टिम अफिसियललाई जनही रु तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । 

यसैगरी बैठकले  कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापित भएकाहरुका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने निर्णय गरेको छ ।

विज्ञापन नियमन गर्ने ऐन, २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरिएको छ ।

Patrocinado
Pesquisar
Patrocinado
Categorias
Leia Mais
Food & Drinks
Consumer perception on ready meals
Ready Meals Survey Personal Details 1. Age Group: Select an option Under 18 18–24...
Por dununu desk 2024-12-29 07:28:38 0 4K
News
हिन्दु मन्दिर तोडफोडपछि आवास मन्त्रीले भने : अस्ट्रेलियामा हिंसाप्रति शून्य सहनशीलता
सिड्नी। अस्ट्रेलियाले हिंसा र हिन्दु मन्दिरहरूको तोडफोड र केही खालिस्तानी गतिविधिहरू जस्ता...
Por Nepal Updates 2023-05-02 14:30:39 0 9K
Sanatan Dharma
Was Charles Darwin inspired by Lord Vishnu's 10 Avatars?
In Hinduism, there are 10 avatars (incarnations) of Lord Vishnu that are considered the most...
Por Yubaraj Sedai 2023-03-06 21:26:17 0 11K
News
20 News Headlines - September 30, 2024
Top 20 News Headlines from Nepal - September 30, 2024 1. Flood Death Toll in Nepal Reaches 193...
Por Nepal Updates 2024-09-30 06:01:15 0 5K
News
नेपाली विषयमा असम भरिमै सर्वोच्च अङ्क प्राप्त गरिन मुस्कान सुबेदीले
आज घोषित उच्चतर माध्यमिक परिक्षाको नतिजामा नेपाली विषयमा असम भरिमै सर्वोच्च अङ्क प्राप्त गरिन...
Por Bharat Updates 2023-06-06 14:28:33 0 8K