सेमिफाइनल रद्द भएपछि फाइनलमा पुग्यो नेपाल, उपाधि भिडन्त यूएईसँग

काठमाडौँ । नेपाल काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि समूह विजेताको हिसाबले नेपाल फाइनलमा पुगेको हो । अब फाइनलमा सोमबार नेपालको भिडन्त यूएईसँग हुनेछ ।
वर्षाका कारण ४२ ओभरमा झारिएको खेल पनि पूरा हुन नपाएपछि अन्ततः नेपाल समूह विजेताको हिसाबले फाइनलमा पुगेको हो । ४२ ओभरमा झारिएको खेलमा नेपालले आफ्नो इनिङ्स पूरा गरे पनि कुवेतले ८.३ ओभरमात्र खेलेपछि खेल अगाडि बढ्न नसक्दा नेपाल फाइनलमा पुगेको हो ।
नतिजा आउन कुवेतले कम्तीमा २० ओभर खेल्नुपर्ने थियो । तर आधा पनि खेल्न नपाएपछि बाहिरिन पुग्यो । नेपाल समूह चरणमा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने समूह बी बाट उपविजेता कुवेत अन्तिम खेलमा हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा पुगेको थियो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटमा र्यूएईभन्दा पछि पर्दै उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो ।
कुवेतको इनिङ्स
त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा वर्षाले ४२ ओभरमा झारिएको खेलमा कुवेतलाई नेपालले २८२ रनको चुनौती दिएको थियो । तर फेरि पनि वर्षाले खेल रोकिएसँगै नेपालले कम योगफलमै रोक्ने सपना चकनाचुर भयो ।
फराकिलो रन पछ्याएको कुवेतले ८.३ ओभरमा ३७ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । तर त्यसपछि वर्षा भएपछि खेल रोकिँदा रद्द नै हुन पुग्यो । कप्तान मोहम्मद अस्लामले सर्वाधिक १४ रन बनाए ।
नेपालका लागि करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए ।
नेपालको इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनायो । २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा वर्षाले खेल एक घण्टा बढी समय रोकिएपछि ४२ ओभरमा झारिएको थियो ।
नेपालले ४२ ओभरमा ९ि वकेट गुमाएर रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । उनले ९५ बलमा ३ छक्का र ७ चौकाको मद्धतले उक्त योगफल तयार गरेका हुन् ।
चौथो विकेटका लागि रोहितसँग मिलेर १०९ रनको साझेदारी गर्ने क्रममा कुशल मल्लले ४४ बलमा ४ छक्का र ४ चौकाको मद्धतले ४४ बलमा ५७ रन बनाए ।
यसअघि पहिलो विकेटका लागि ७७ रनको साझेदारी भएको थियो । कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भए भने आसिफ शेख २८ बलमा ३१ रन बनाएर आउट भए ।
पहिलो विकेटपछि लगातार तीन विकेट गुमे पनि नेपालका लागि रोहित र कुशलले उत्कृष्ट साझेदारी गरेका थिए । आरिफ शेखले १९ तथा सोमपाल कामीले ११ बलमा अविजित रहँदै १३ रन बनाए ।
ओमानलाई हराएर यूएई फाइनलमा
यूएई फाइनलमा पुगेको छ । । ओमानविरुद्धको खेल वर्षाले अवरुद्ध भएसँगै डकवर्थ लेविस नियमअनुसार यूएई २ रनले विजयी भएको हो ।
मूलपानी क्रिकेट मैदान (एमसीजी) मा भएको खेलमा ओमानले २३७ रनको चुनौती पछ्याइरहँदा वर्षा हुँदा डक वर्थ लेविस नियमले २ रनले यूएईले जित्यो ।
ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाएपछि पानी परेको थियो । कश्यप प्रजापतिले ४९ तथा जतिन्दर सिंहले ४२ रन बनाएका थिए । कार्तिक मयाप्पनले ३ विकेट लिएका थिए ।
यसअघि यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर २३६ रन बनायो । कप्तान मुहम्मद वासिमले सर्वाधिक ४८ रन बनाए । निशान मसूद र बिलाल खानले ४–४ विकेट लिए ।
ओमान र कुवेत तेस्रोका लागि खेल्दै
आइतबार तेस्रो स्थानका लागि ओमान र कुवेत खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा हुनेछ ।
जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छन् ।
- Political Leaders
- Art & Crafts
- Dance & Music
- Sanatan Dharma
- Education & Training
- Food & Drinks
- Gaming
- Health & Fitness
- Home & Gardening
- Literature & Culture
- Love
- Medicine & Ayurveda
- Motors & Vehicles
- Movies & Cinema
- Parenting
- Politics
- Science & Technology
- Shopping
- Social Media
- Spirituality
- Sports
- War & History
- Yoga & Meditation
- Travel & Tourism
- Natural Disaster
- Business & Startups
- DIY & Home Decor
- Finance
- Personal
- News
- Pet Lovers
- Wild Life & Nature
- Podcast & Audio Books
- Poetry
- Law & Order
- Moral Stories
- Jokes & Humour
- Other
