Patrocinado

सेमिफाइनल रद्द भएपछि फाइनलमा पुग्यो नेपाल, उपाधि भिडन्त यूएईसँग

1
8K

काठमाडौँ । नेपाल काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि समूह विजेताको हिसाबले नेपाल फाइनलमा पुगेको हो । अब फाइनलमा सोमबार नेपालको भिडन्त यूएईसँग हुनेछ । 

वर्षाका कारण ४२ ओभरमा झारिएको खेल पनि पूरा हुन नपाएपछि अन्ततः नेपाल समूह विजेताको हिसाबले फाइनलमा पुगेको हो । ४२ ओभरमा झारिएको खेलमा नेपालले आफ्नो इनिङ्स पूरा गरे पनि कुवेतले ८.३ ओभरमात्र खेलेपछि खेल अगाडि बढ्न नसक्दा नेपाल फाइनलमा पुगेको हो । 

नतिजा आउन कुवेतले कम्तीमा २० ओभर खेल्नुपर्ने थियो । तर आधा पनि खेल्न नपाएपछि बाहिरिन पुग्यो । नेपाल समूह चरणमा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने समूह बी बाट उपविजेता कुवेत अन्तिम खेलमा हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा पुगेको थियो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटमा र्यूएईभन्दा पछि पर्दै उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो । 

कुवेतको इनिङ्स
त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा वर्षाले ४२ ओभरमा झारिएको खेलमा कुवेतलाई नेपालले २८२ रनको चुनौती दिएको थियो  । तर फेरि पनि वर्षाले खेल रोकिएसँगै नेपालले कम योगफलमै रोक्ने सपना चकनाचुर भयो । 

फराकिलो रन पछ्याएको कुवेतले ८.३ ओभरमा ३७ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । तर त्यसपछि वर्षा भएपछि खेल रोकिँदा रद्द नै हुन पुग्यो । कप्तान मोहम्मद अस्लामले सर्वाधिक १४ रन बनाए । 

नेपालका लागि करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए । 

नेपालको इनिङ्स 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनायो । २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा वर्षाले खेल एक घण्टा बढी समय रोकिएपछि ४२ ओभरमा झारिएको थियो ।

नेपालले ४२ ओभरमा ९ि वकेट गुमाएर रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । उनले ९५ बलमा ३ छक्का र ७ चौकाको मद्धतले उक्त योगफल तयार गरेका हुन् । 

चौथो विकेटका लागि रोहितसँग मिलेर १०९ रनको साझेदारी गर्ने क्रममा कुशल मल्लले ४४ बलमा ४ छक्का र ४ चौकाको मद्धतले ४४ बलमा ५७ रन बनाए । 
 
यसअघि पहिलो विकेटका लागि ७७ रनको साझेदारी भएको थियो । कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भए भने आसिफ शेख २८ बलमा ३१ रन बनाएर आउट भए । 

पहिलो विकेटपछि लगातार तीन विकेट गुमे पनि नेपालका लागि रोहित र कुशलले उत्कृष्ट साझेदारी गरेका थिए । आरिफ शेखले १९ तथा सोमपाल कामीले ११ बलमा अविजित रहँदै १३ रन बनाए । 

ओमानलाई हराएर यूएई फाइनलमा
यूएई फाइनलमा पुगेको छ । । ओमानविरुद्धको खेल वर्षाले अवरुद्ध भएसँगै डकवर्थ लेविस नियमअनुसार यूएई २ रनले विजयी भएको हो । 

मूलपानी क्रिकेट मैदान (एमसीजी) मा भएको खेलमा ओमानले २३७ रनको चुनौती पछ्याइरहँदा वर्षा हुँदा डक वर्थ लेविस नियमले २ रनले यूएईले जित्यो । 

ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाएपछि पानी परेको थियो । कश्यप प्रजापतिले ४९ तथा जतिन्दर सिंहले ४२ रन बनाएका थिए । कार्तिक मयाप्पनले ३ विकेट लिएका थिए । 

यसअघि यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर २३६ रन बनायो । कप्तान मुहम्मद वासिमले सर्वाधिक ४८ रन बनाए । निशान मसूद र बिलाल खानले ४–४ विकेट लिए । 

ओमान र कुवेत तेस्रोका लागि खेल्दै

आइतबार तेस्रो स्थानका लागि ओमान र कुवेत खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा हुनेछ । 

जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छन् । 

Patrocinado
Pesquisar
Patrocinado
Categorias
Leia Mais
Politics
काॅमेडियन वरूण ग्रोवर ने तो राहुल गांधी और केजरीवाल को मंदिर के घंटे की तरह बजा दिया! #VarunGrover #Comedian #2024Election #RahulGandhi
Por Bharat Updates 2023-06-09 10:13:21 0 11K
Poetry
शान्तिको धुन बजाउदै-राधिका सिटौल दाहाल-किरण कँडेल-शिला बिष्ट
What a truly amazing song! All credit is undoubtedly due to the flamboyant writer Radhika Dahal....
Por Yubaraj Sedai 2023-11-20 19:02:37 0 9K
News
कांग्रेस कहाँ सच्चिने, कसरी सच्चिने ?
आधुनिक पुस्ता आफ्नो भविष्यप्रति अत्यन्त संवेदनशील मात्र होइन चिन्तित पनि हुन्छ्न् । सन् १९९०...
Por Nepal Updates 2023-05-06 03:36:36 0 11K
News
सचिव पाण्डेको मोबाइल रिकभर भएपछि खुल्यो खाणको कनेक्सन
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो ।...
Por Nepal Updates 2023-05-10 12:55:50 0 9K
News
News from Nepal: September 26, 2024
1. Foreign Minister Rana Meets UN USG Lacroix Foreign Minister Dr. Arzu Rana Deuba met with...
Por Nepal Updates 2024-09-26 05:08:14 0 5K